“निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मुल नाराका साथ १७ अाैँ राष्ट्रिय पुस्तकालय दिवस सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराहीमा सम्पन्न भएको छ । विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकार, बुद्धिजीवी, लेखक, विश्लेषक, पत्रकार, अध्ययनकर्मी र अन्य सराेकारवालाहरुकाे उपस्थितिमा शनिबार कार्यक्रम भएको हाे ।
राष्ट्रिय पुस्तकालय दिवसकाे अवसरमा सर्वाेदय पुस्तकालयमा ई-लाइब्रेरी कार्यक्रमकाे पनि उद्घाटन गरिएको छ । ई-लाइब्रेरी कार्यक्रमकाे सभाध्यक्ष सुशील गाैतम, प्रमुख अतिथि नारायण प्रासाद शर्मा, विशिष्ट अतिथि लगायतका अतिथिहरुले संयुक्त रुपमा गरेका हुन् । दाङमा क्रियाशील पुस्तकालयहरुमध्य सर्वाेदयले पहिलोपटक डिजिटल अध्ययनलाई ध्यानमा राखेर ई-लाइब्रेरी ल्याइएकाे कार्यक्रमका साभाध्यक्ष एवम् साेही संस्थाका अध्यक्ष सुशील गाैतमले बताए । उनले पुस्तक अध्ययन संस्कृतिकाे विकाससँगै सर्वाेदय पुस्तकालयकाे सर्वाेत्तम हितमा आफू सदैब दत्तचित्तले लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बाल्दै अग्रज पत्रकार, लेखक एवम् सबैका आदरणीय गुरु नारायण प्रसाद शर्माले नेपाली समाजमा सामाजिक एवम् मानवीय चेतनाकाे विकास कत्ति नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले विकासकाे नाममा पूर्वाधार विकासकाे गफ हाँकिएकाे तर मानव संसाधन विकासकाे महत्त्वपूर्ण पाटाे चेतना निर्माण, विकास र त्यसकाे सशक्तीकरणमा राज्य नलाग्नु निकै दुखद भएको बताए । उनले सुरुसुरुमा भित्रिएकाे आकाशवाणी “आवा”दाङमा पनि आयाे, अब यहाँ बाेलेकाे सिधै काठमाडौं सुनिन्छ भन्दा आफू अक्कबक्क परेकाे र साथीहरूबीचमा कुरा गर्दा पनि कसैले त्याे कुरा नपत्ताएकाे स्मरण गरे । आफुहरु आ.वाबाट सञ्चारमा छिरेकाे बताउँदै शर्माले डिजिटल युगकाे मागअनुसार ई-लाइब्रेरी भित्रिनु निकै सुखद भएकाले यसकाे व्यवस्थित प्रयाेग र विकासमा सबै पुस्ता राम्रोसँग लाग्नुपर्ने बताए ।
कार्यक्रममा पुस्तकले हरकाेहीकाे जीवन बदल्न सक्छ भन्ने भाव अधिकांश वक्ताले व्यक्त गरे ।
कार्यक्रममा बाेल्दै वक्ताहरुले शैक्षिक जागरण र चेतना अभिवृद्धिकाे अभियानमा कतै पूर्णबिराम लाग्ने त हाेइन ? भन्ने चिन्ता व्यक्त गरे ।
व्यक्ति र समाजलाई जिउँदाे जाग्दाे बनाउनकाे लागि पुस्तक अध्ययन अनिवार्य भएकाले व्यवस्थित रुपम असल पुस्तकहरुकाे अध्ययन अनिवार्य रहेकाे बताए । वक्ताहरुले परम्परागत पठन संस्कृतिकाे अलावा ई-लाइब्रेरीले पाठकहरुकाे दुनियाँमा नयाँ क्रान्ति थपेकाेले डिजिटल अध्ययनसँगै पैसा र समयकाे बचत गरेर अध्ययन गर्न सकिने र हर क्षेत्रकाे डाटा कलेक्सन र विश्लेषण गर्न सजिलाे हुने निष्कर्ष निकाले ।
कार्यक्रममा बार एसाेसियसन दाङकाे अध्यक्ष गाेमा महराले समयकाे बचत, सुरक्षा र सहज पहुँचकाे लागि ई-लाइब्रेरी अत्यन्तै महत्त्वपूर्ण रहेकाे बताइन् । समाजमा पठन संस्कृतिकाे विकासकाे लागि बालबालिकासँगै हरेक अभिभावकहरुले पनि पुस्तक अध्ययनमा लाग्न जरुरी रहेकाे बताइन् ।
२ सय १२ वर्षकाे इतिहास बाेकेकाे पुस्तकालयकाे इतिहास भएपनि नेपाल सरकारले आधिकारिक रुपमा भने २०६५ सालबाट मात्रै पुस्तकालय दिवसकाे रुपमा मनाउन थालिएको हाे ।
दाङकाे हकमा २०१० सालमा ४ वटा पुस्तकालय स्थापना भएको र हालसम्म सर्वाेदयले सबै पुस्तकालयहरुकाे “लिडर” पुस्तकालयकाे रुपमा सशक्त ढंगले गतिविधि गरिरहेकाेले सबै वक्ताहरुले संस्था र त्यसका पदाधिकारीलाई कृतज्ञता व्यक्त गरे ।
वरिष्ठ साहित्यकार टिकाराम उदासी (पीएचडी)ले आफ्नो साहित्यीक जगतकाे विकासमा सर्वाेदय पुस्तकालयकाे अध्ययनबाट खारिन निकै महत्त्वपूर्ण याेगदान पुर्याएकाेमा खुसी व्यक्त गरे । उनले नेपालकाे पुस्तकालय र पठन संस्कृतिकाे विकासमा राज्यकाे आँखा नपुग्नु निकै दुखद भएको बताए । उनले छिमेकी देश चीनमा ५० हजार बढी पुस्तकालय राखिएको, फिलिपिन्समा हरेक तीन किलाेमिटरकाे दुरीमा पुस्तकालय भएको र भारत जस्ताे मुलुकमा पनि शैक्षिक तथा समग्र पठन संस्कृतिकाे हलचल व्यापक रुपमा विकास भएको भएपनि नेपालमा त्यसाे हुन नसक्नु राज्य पक्षकाे ठुलाे कमजोरी रहेकाे दावी गरे ।
सर्वाेदय पुस्तकालय तथा वाचनालयका सल्लाहकार बमबहादुर बि.सीले कैयौं देशहरुमा ३ देखि ५ किमिकाे दुरीमा पुस्तकालय र पठन संस्कृतिकाे विषयका छलफल र विमर्श हुने तर नेपालकाे हकमा चाहिँ हरेक तीन किमिकाे दुरीमा रक्सी पसल खाेलिएकाे उदाहरण पेस गरे । यसै कारणले नै नेपालमा पठन संस्कृति र चेतनाकाे विकास भुत्ते हुँद गएकाे बताए ।
बि.सं. २०१० सालमा स्थापना गरिएको सर्वाेदय पुस्तकालय विभिन्न आराेह अबराेहहरु पार गर्दै सात दशक पुरा गरेकाे छ ।