१५ भदौ, दाङ
राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माले युवाहरुको बिदेश पलायन र देशमा केहि हुदैन भन्ने निराशाको भावनाले मूलुक झन् पछि झन् कम्जोर हुदै गएको कूरा बताउनु भएकाे छ।
अखिल नेपाल युवक सङ्घ घोराही उपमहानगरपालिक दाङ्गले आयोजना गरेको ‘ यूवा पलायन र निराशा विषयको प्रशिक्षणलाई सम्वोधन गर्दै उपाध्यक्ष शर्माले उक्त कुरा बताउनु भएको हो ।
यसैगरि राजमो केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष गणेश आचार्यले उत्पादक शक्तिको विदेश पलायनले देशको समग्र उत्पादन क्षेत्रमा परेको असर एकातिर छ भने यसले प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष रुपमा सिर्जना गरेको सामाजिक, आर्थिक समस्या अझै विकराल भएको बताउनु भयो। सरकारले युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन सके मात्र युवा शक्तिको विदेशिने मोह न्यूनिकरण गर्न सकिने कुरा बताउनु भयो। उहाँले अगाडी थप्नु भयो सरकार सञ्चालकहरुको दाब्बु र गैर जिम्मेवार प्रवृतिको सिकार युवा हुनु परेकोले त्यसका विरुद्ध युवाहरुलाई संगठित हुन आह्वान गर्नु भयो।
त्यसैगरी जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले यूवा एउटा यस्ताे शक्ति हो । कुनै पनि आन्दोलन र परिवर्तन युवा बिना सम्भव नहुने बताउनु भयो। ८३ प्रतिशत युवा अहिले देशमा छैनन्। यो देशको उत्पादनशीलताका लागि भयावह स्थिति हो। यति ठूलो संख्यामा विदेश पलायन भएका युवाका विषयमा चर्चा गर्नु वाञ्छनीय नै हुन्छ।
प्रशिक्षण दिँदै लेनिन स्मृति सतावार्षिकी दाङका संयोजक प्रमोद धितालले हाम्राे सामन्ती संस्कृति, परम्परा र प्रचलन नै देश छोड्ने र भाग्यवादलाई संपूर्ण कुरा सुम्पेर निराश बन्ने खालको रहेकाे बताउनु भयो। उहाँले सांस्कृतिक रूपमा हुने पलायन र निराशाको समग्र पक्षको प्रकाश पार्नु भएको थियो।
त्यसैगरी राजमो जिल्ला सदस्य मेघराज भट्टराईले वैदेशिक रोजगार सुरक्षित नरहेको बताउनु भयो। भट्टराईले थप भन्नू भयो विदेशमा नेपालीहरूलाई अपहेलित र घृणित दृष्टिकोणले हेर्छन्।
रक्तिम सांस्कृतिक अभियान घोराही नगर अध्यक्ष झविन्द्र खनाल, राजमो घोराही नगर अध्यक्ष मनिराम खनाल, अखिल (छैंठौ) दाङका सहसंयोजक सेवक भट्टराई, अखिल नेपाल ट्रेड युनियन दाङका सचिव तुलसीराम पन्थी लगायतको अथितित्यता रहेकाे थियो।
अखिल नेपाल युवक संघ घोराही उपमहानगर समितिका अध्यक्ष श्रीराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष महेश आचार्यले र सञ्चालन नगर सचिव दिपक केसीले गर्नुभएको थियोे।