सूचनाको क्षेत्रमा भएको डिजिटल प्रविधिले ल्याएको क्रान्तिका कारणले एउटा लामो युगीन इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसार नै चुनौतिको डिलमा उभिएको महसुस हुन थालेको छ । यस्तो परिदृष्यले प्राज्ञिक जगतमा एक प्रकारको चिन्ता जाहेर भइरहेको पाइन्छ । डिजिटल क्रान्तिले मानवीय ज्ञानको भण्डारलाई थप समृद्ध बनाएको छ । यसलाई ठीक ढंगले सदुपयोग गर्न जानेमा यसको निकै ठुलो महत्व रहेको छ । त्यसका साथसाथै डिजिटल प्रविधिमा अगाडि आउने गलत विषयलाई उपयोग गर्दाका दुष्परिणामहरु पनि त्यतिकै खतरनाक देखिन्छन् । सुरुमा डिजिटल प्रविधिका रुपमा रेडियो, घडी, टेपरेकर्डर, दिशासुचक यन्त्र, थर्मामिटर, रक्तचाप नाप्ने यन्त्र, एक्सरे मेसिन आदि मात्र थिए । कम्प्युटरको आविष्कारले मानव जीवनका धेरै क्षेत्रमा क्रान्ति नै ल्याइदिएको छ । यो क्रान्तिको प्रभावलाई मूल्याङ्कन गर्ने स्थानमा उभिंदा आजको विश्व प्रविधि मात्र होइन ज्ञान, विवेक तथा चिन्तनको क्षेत्रमा पनि धेरै अगाडि बढिसकेको छ । शिक्षा, स्वास्थ्य, समाज र राज्य संचालनका धेरै भाष्यहरु अगाडि आएका छन् । चिन्तनको इतिहासमा माक््रसवाद मात्र एउटा त्यस्तो भाष्य हो, जसको विकल्पमा अन्य भाष्यहरु सिर्जना हुनसकेका छैनन् ।
छापा पत्रकारिता र पुस्तक संसारलाई डिजिटल प्रविधिले चुनौति दिइरहेको परिवेशका सन्दर्भमा विमर्श गर्दा आज हामी डिजिटल युगको कुन चरणमा छौँ भन्ने कुरा विचारणीय छ । द्वितीय विश्व युद्धमा नै अमेरिकाले कम्प्युटर प्रणाली उपयोग गरेको थियो । जुन कुरा धेरै पछि मात्र बाहिर आएको थियो । त्यतिबेलासम्म तेस्रो दुनियाँलाई कम्प्युटर प्रविधिको बहुआयामिक डिजिटल प्रयोगको विषयमा थाहै थिएन । अहिले अमेरिका युरोपका विकसित मुलुकमा मात्र होइन, विकासोन्मुख मुलुक समेत आज हामीले जानकारी राख्ने डिजिटलको ज्ञानको क्षेत्र भन्दा धेरै अगाडि बढिसकेका छन् । आज हाम्रो सेरोफेरोको डिजिटल आयाम विकसित मुलुकका लागि सामान्य भइसकेको छ । तर छापा भनेको छापा नै हो, डिजिटलको उन्नत भन्दा उन्नत प्रविधिको उपयोगका बावजुत विकसित मुलुकहरुको क्षितिजबाट छापा पत्रकारिता र पुस्तक संसार हराएन बरु विकासको नयाँ चरण लिएर अगाडि आएको देखिन्छ ।
छापा पत्रकारिता तथा पुस्तक संसारको इतिहास दुई हजार वर्ष भन्दा पुरानो छ । अक्षर भन्दा पहिले चित्राक्षर थियो । चीनले सन् २०० तिर काठको अक्षर बनाएर छापाखानाको विकास गरेको थियो । मिस्र, बेविलोनियाँ, मेसोपोटामिया र माया सभ्यताको इतिहासमा चित्र अक्षरहरुको प्रधान्यता रहेको थियो ।
युरोपमा नै आजभन्दा झण्डै एक हजार वर्ष पहिले आधुनिक प्रकारको छापाखानाको आविष्कार भए पश्चात् विश्वमा ज्ञानको लागि पुस्तक संसारको उदय हुन गयो । त्यस अघिका पुस्तकहरु हस्तलिखित थिए । ज्ञान–विज्ञानका कैयन कुराहरु जनश्रुतिका रुपमा प्रचलनमा थिए । विद्वानहरुले ज्ञान विज्ञानका धेरै कुराहरुलाई आफ्नो दिमागमा कण्ठस्थ पारेर राखेका हुन्थे । डिजिटल सञ्चारको विश्वव्यापी प्रभावको एउटा छाल नेपालमा पनि प्रवेश गरेको छ । केही समयदेखि नेपाली समाजको हरेक तहमा यसको प्रभाव निकै बढ्दै गएको देखिन्छ ।
आजको सुचना साम्राज्यको युगले चिन्तन तथा आलोचनात्मक विवेकको प्रयोगको प्राज्ञ क्षेत्रलाई अत्यन्त साँगुरो बनाउँदै गएको छ । राष्ट्रिय जनजणना २०७८ को तथ्याङ्क अनुसार नेपालका २ करोड १३ लाख जनताको हातमा एउटा मोबाइल फोन भएको जनाइएको छ । जुन नेपालको कुल जनसंख्याको ७३ प्रतिशत हुन जान्छ । मोवाइलमा ज्ञानको सागर मानिने विकिपिडियादेखि एफएम, रेडियो , टिभि, सिनेमा, पत्रिका, मेसेन्जर, भाइवर, स्काइभ, फेशवुक, इस्टाग्राम, ह्वाटसएप आदि सबै हुन् तर सबैलाई हामीले आज उपरी प्रकारले हेर्दा आज जनताको पहुँचमा रहेको देख्छौँ । तर यथार्थमा ती सबै डिजिटल मिडियाको भण्डारण कर्पाेरेट हाउसका ठुला मालिकहरुको हातमा केन्दीत भएको हुन्छ । गत वर्ष म्यानमारमा सैनिक शासनको विरुद्धमा संघर्ष भयो । सरकारले कर्पाेरेट हाउससँग मिलेर सम्पूर्ण डिजिटल प्लेटफर्महरुमा प्रतिबन्ध नै लगाएको थियो ।
आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अन्तरनिहित कर्पाेरेट पूँजीवादले प्रेस स्वतन्त्रतालाई बजारशास्त्र तथा कर्पाेरेट हाउसहरुको चङ्गोलमा फसाइदिएको छ । त्यसकारण आजको विश्वको डिजिटल मिडिया क्षेत्र कर्पाेरेट मालिकहरुको खटनपटन भन्दा बाहिरबाट चल्नै सक्दैन । यही नै राज्सत्ताको सूचना क्षेत्रमा कायम रहेको पूँजीवादी अधिकायकत्व हो ।
केही वर्ष अगाडि अमेरिकामा एकका विरुद्धमा उनान्सयको नारामा वालस्ट्रिड आन्दोलन चर्केको थियो । अमेरिका जस्तो आफूलाई स्वतन्त्रता र प्रजातन्त्रको ठेकेदार बताउने देशले डिजिटल मिडियामाथि नाटकीय तरिकाले संकुचनको नीति अख्तियार गरेको थियो । हालै चलिलरहेको बंगलादेशमा विाद्यार्थी आन्दोलन चर्केपछि हसीना सरकारले डिजिटल मिडियामा अंकुश लगायो । त्यसोत आजको डिजिटल सूचना साम्राज्यको युगलाई प्रगतिशील लेखकहरुले पत्रकारिताको अन्धा युगका रुपमा परिभाषित गरेका छन् । किनभने आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अन्तरनिहित कर्पाेरेट पूँजीवादले प्रेस स्वतन्त्रतालाई बजारशास्त्र तथा कर्पाेरेट हाउसहरुको चङ्गोलमा फसाइदिएको छ । त्यसकारण आजको विश्वको डिजिटल मिडिया क्षेत्र कर्पाेरेट मालिकहरुको खटनपटन भन्दा बाहिरबाट चल्नै सक्दैन । यही नै राज्सत्ताको सूचना क्षेत्रमा कायम रहेको पूँजीवादी अधिकायकत्व हो ।
समग्रमा कार्ल माक््रसले भनेजस्तै राज्य भनेको एउटा वर्गले अर्काे वर्गमाथि अधिनायकत्व कायम गर्ने अस्त्र हो । आधुनिक पूँजीवादी व्यवस्थाले डिजिटल सूचनाका संयन्त्रहरुलाई नाफामुखि बजार शास्त्रको सिद्धान्त अनुरुप खेलाइरहेका छन् । धर्म, संस्कृति, शिक्षा, स्वास्थ्य, साहित्य, कला, लगायत हरेक क्षेत्र सेवा होइन व्यापारमा परिणत भएका छन् । पूँजीवादी बजार शास्त्रको सिद्धान्तको जगमा उभिएको डिजिटल सूचनाको साम्राज्यले गर्ने प्रचारका अगाडि छिपछिपे प्रकारको चिन्तनप्रणाली भएका जनता त्यसैको अगाडि झुम्मिन्छन् । आज आम जनताको चिन्तनप्रणालीको धरातल आवश्यकीय मुल्यबोध र नविनता होइन देखासिकीको धरातलमा पतन भएको छ ।
नेपालकै कुरा लिउँ, यहाँ करिब ३ करोड जनसंख्यामा ७६ प्रतिशत साक्षर छन्, विडम्बना त यो छ कि, साक्षर मात्र होइन त्यो भन्दा बढी शिक्षितहरु नै सबैभन्दा धेरै प्रचार बजारशास्त्र र देखासिकीको सिकार भएका छन् । तिनीहरुको यात्रा भाग्यवाद र अतितमुखी दिशातिर गइरहेको छ । डिजिटल मिडियाका विश्वको ठूला–ठूला कर्पाेरेट हाउसहरुको चाहना पनि यत्ति हो ।
छापाखाना र पुस्तक संस्कृतिको इतिहास हजारौँ वर्ष लामो छ । धार्मिक उन्माद तथा असभ्य द्वन्दका कारण कैयौँ पटक पुस्तकालयहरुमा आगो लगाइयो । भारतको नालान्दा विश्वविद्यालयलाई खरानी पारिएको करुण इतिहास हाम्रा अगाडि छ । त्यहाँ पुस्तकालयमा लगाइएको आगो कैयौँ महिनासम्म निभेको थिएन । यति लामो इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसारको युगलाई डिजिटलको प्रभावले कसैगरी समाप्त गर्न सकिदैन । सामान्य रुपमा गत्यावरोध भने भइरहेको छ । जुन कुरा अस्थायी हो । डिजिटलले छापालाई पूर्णरुपले विस्थापित गर्दैन । सामान्य धक्का मात्र दिने हो । छापा पत्रकारिता तथा पुस्तक संसारको लामो युगको निरन्तरता र यसको आवश्यकतामा कमी आउँदैन भन्ने कुरा युरोप–अमेरिका नै हाम्रा अगाडि प्रसस्त उदाहरण छन् ।
डिजिटल माध्यमको लगातारको प्रयोगले आँखा, रक्तचाप, टाउको, मुटु आदि अंगहरुलाई नकारात्मक असर गर्दछ । तर छापा पत्रिका तथा पुस्तकहरु लामो समयसम्म पढ्न सकिन्छ । अनुसन्धानमूलक अध्ययनका लागि छापा पत्रपत्रिका तथा पुस्तकहरु अध्ययन अनिवार्य आवश्यकताभित्र पर्दछन् । डिजिटलमा धेरै सुविधाहरु छन् । तिनलाई अध्ययन गर्न विशेष प्राविधिक दक्षता र सीपको आवश्यकता पर्दछ तर छापालाई आफ्नो अनुकुलतामा सहज तरिकाले अध्ययन गर्न सकिन्छ
नेपालको सन्दर्भमा पनि पुस्तक लेखन र प्रकाशनमा कमी आएको छैन । लगातार डिजिटल माध्यमको अध्ययनका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परेको कुरा विभिन्न अध्ययनबाट पुष्टि भएको छ । त्यसका अतिरिक्त विद्युतिय तरंगले पारेको अर्काे असर त छँदैछ । डिजिटल माध्यमको लगातारको प्रयोगले आँखा, रक्तचाप, टाउको, मुटु आदि अंगहरुलाई नकारात्मक असर गर्दछ । तर छापा पत्रिका तथा पुस्तकहरु लामो समयसम्म पढ्न सकिन्छ । अनुसन्धानमूलक अध्ययनका लागि छापा पत्रपत्रिका तथा पुस्तकहरु अध्ययन अनिवार्य आवश्यकताभित्र पर्दछन् । डिजिटलमा धेरै सुविधाहरु छन् । तिनलाई अध्ययन गर्न विशेष प्राविधिक दक्षता र सीपको आवश्यकता पर्दछ तर छापालाई आफ्नो अनुकुलतामा सहज तरिकाले अध्ययन गर्न सकिन्छ । डिजिटल माध्यमले यस क्षेत्रकै धेरै कुराहरुलाई विस्थापित गरेको छ । जस्तैः रेडियो, क्यासेट, टिभिमा पनि आजभोली नेट टिभि आइसक्यो । ल्यान्डलाइण्डको फोन, सिडिएमए आदिका उपयोगिता छायाँमा पर्दै गएका छन् । डिजिटल मिडियाको युगमा डिजिटलमै सबथोक पाइन्छ भन्ने कुरा पनि सत्य होइन ।
अनुसन्धानका कैयन विषयमा पुस्तकको सहारा लिनुपर्ने बाध्यता छ । अहिले समग्रमा हेर्दा सबैको हात–हातमा मोबाइल हुन्छ तर डिजिटलले प्रदान गर्ने सूचनामा सत्यतामाथि विश्वव्यापी रुपमा पटक–पटक प्रश्नहरु उठ्ने गरेका कारण पूर्णरुपमा सबै सूचनाको भर पर्न सकिंदैन । विश्वमा चल्दै आएका परिवर्तनकामी आन्दोलनमा सहयोग गर्ने वैचारिक साधनका रुपमा छापा पत्रकारिता र पुस्तकहरुले नै महत्वपूर्ण स्थान ग्रहण गर्दै आएका छन् । साँच्चिकै भन्ने हो भने छापा पत्रकारिता र ठूला–ठूला सामाजिक र राजनीतिक परिवर्तनमा छापा जगतको निकै ठुलो योगदान छ । उदाहरणको रुपमा म्याक्सिम गोर्कीद्वारा लिखित आमा उपन्यासलाई लिन सकिन्छ । जुन पुस्तकको अध्ययन र त्यसमा उठाइएको तत्कालिन जार सरकारले मजदुरमाथि गरेको अत्याचार एवं् माक््रवादी वैचारिक स्तरले १० वर्ष पछाडि जानसक्ने सो क्रान्ति १० दिनमै पुरा भएको कुरा लेनिनले नै बताएका थिए ।
साँच्चिकै भन्ने हो भने छापा पत्रकारिता र ठूला–ठूला सामाजिक र राजनीतिक परिवर्तनमा छापा जगतको निकै ठुलो योगदान छ । उदाहरणको रुपमा म्याक्सिम गोर्कीद्वारा लिखित आमा उपन्यासलाई लिन सकिन्छ ।
यद्यपि डिजिटलको महत्व छैन भन्न खोजेको होइन । आजको मानिस सामाजिक सञ्जाल र इमेल इन्टरनेटबाट बाहिर रहन सक्दैन । छापा पत्रकारिता तथा पुस्तक संसारबाट अलग भयो भने सामाजिक चेतनाका अनेक रुपहरु तथा मासलाइनको भावनाबाट अलग हुन्छ । मासलाइनबाट अलग यान्त्रिक ज्ञानले बहुआयामिक हुनबाट रोक्ने काम गर्दछ । डिजिटल सूचना प्रणालीमा आएको क्रान्तिमा बहुआयामिक अध्ययन तथा वैचारिक दृष्ट्रिकोणको निर्माण, विषयवस्तुको गहन अध्ययन र समग्रतामा पठन संस्कृतिमा ह्रास आएको कुरा अध्यताहरु बताउँछन् । छापा पत्रकारिता, पुस्तक संसार तथा पठन संस्कृतिमा पैदा भएको मन्दीप्रति प्राज्ञिक वर्गले निरन्तर चिन्ता प्रकट गर्दै आइरहेका छन् ।
यही चिन्तामा नै छापा पत्रकारिता र पुस्तक संसारको भविष्य अन्तरनिहित छ । कर्पाेरेट पूँजीवादले डिजिटलमा मात्र झुम्मिने विचारविहीन युवाहरुको पल्टन तयार पार्ने रणनीति लिइरहेको छ । त्यसको प्रभाव विश्वव्यापी बन्दै गइरहेको छ । जसको परिणाम आजको दलाल तथा कर्पाेरेट पूँजीवादी शिक्षा व्यवस्थाले विचारक होइन विश्व पूँजीवादको रक्षा गर्ने कारिन्दाहरु तयार पारिरहेको छ । त्यसका लागि उपभोक्तावादी चिन्तनप्रणालीको हावा फैलाउन डिजिटल मिडियाको प्रभावी भूमिका रहेको छ । त्यसलाई सचेत नागरिकले विचारक जन्माउने कर्ममा धकेल्न पर्दछ । त्यसका लागि धेरै पापड बेल्न पर्छ । जुन त्यति सहज छैन तर सम्भव छ ।