‘यौवन हराएको मान्छे’बाट प्राप्त लेखस्व कवि नवराज न्यौपानेको उपचारका लागि सहयोग गरिने भएको छ ।

डिइबी सिकारुले आफ्नो नवीनतम कवितासङ्ग्रह ‘यौवन हराएको मान्छे’बाट प्राप्त हुने सम्पूर्ण लेखस्व रगतको क्यान्सरसँग लडिरहेका कवि न्यौपानेको उपचारमा सहयोग गर्ने बताएका हुन् ।

आफ्नो पहिलो पुस्तक भएकाले यस बापत प्राप्त रकम सहयोग गर्ने मनशायले यो निर्णय गरेको कवि सिकारुले बताए । ‘मेरो कवितासङ्ग्रहको बिक्रीबाट जे जति रोयल्टी स्वरुप प्राप्त गर्छु, त्यो रकम शतप्रतिशत क्यान्सर पीडित कवि नवराज न्यौपाने दाइको उपचारमा सहयोग गर्नेछु ।’, सिकारुले भने ।

विगत छ वर्षदेखि दक्षिण कोरियामा कार्यरत सिकारू नेचासल्यान, सोलुखुम्बुका स्थानीय हुन् । सिकारूको यो कवितासङ्ग्रहलाई साहित्यपोस्ट (इ) दैनिकले प्रकाशनमा ल्याउन लागेको हो ।

यसअघि, पछिल्लो दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका कवि नवराज न्यौपानेले आफ्नो उपचारमा सहयोग गर्न अपील गरेका थिए । उनलाई रक्त क्यान्सर भएको र यथासक्य चाँडो बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकको सुझाब रहेको छ ।

सिन्धुपाल्चोक निवासी कवि न्यौपाने २०७६ साल वैशाख ६ गते वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका थिए । कुवेतमै रहँदा सन् २०२२ को अप्रिलमा उनमा क्यान्सर भएको पत्ता लागेको थियो ।

कुवेतमै तीन महिनासम्म केमो थेरापी गराएर उनी २०७९ साल असार १४ गते नेपाल फर्किएका थिए । हाल जावलाखेल स्थित ब्लड एण्ड मल्टी स्पेसियालिटी हस्पिटलमा उनको उपचार भइरहेको छ ।

उच्च माध्यमिक तहसम्मको औपचारिक अध्यन पूरा गरेका कवि न्यौपाने विशेषगरी कविता र गीत लेखनमा सक्रिय छन् । तल उल्लेखित बैङ्क खातामा सिधै रकम जम्मा गरेर उनलाई सहयोग गर्न सकिने छ ।

Account Holder : Nawa Raj Neupane

Bank Name : Prabhu Bank Limited

Branch: Kumaripati Lalitpur

Account No. : 0660115894500011

Swift Code : PRVUNPKA

E-sewa : 9860468274

-साहित्य पोस्ट बाट