क्युबाको शिक्षा र क्रान्ति !

रिकार्डो अलारकोन दे केसादा

(रिकार्डो अलारकोन केसादा १४ वर्षभन्दा बढी समयसम्म संयुक्त राष्ट्रमा क्युबाका प्रतिनिधि थिए । उनी १९९३ बाट क्युबाको राष्ट्रिय सभाको अध्यक्ष भए । २००९ मा उनले विगत १३ वर्षदेखि अमेरिकामा बन्द पाँच क्युबाली राजनीतिक बन्दीहरूमाथि काउन्टरपंच द फरबिडन हीरोज” नामक लेखहरूको एक श्रृंखलाको प्रकाशन गरेका थिए।)- मन्थ्ली रिभ्यूमा प्रकाशित लेख ।

सन् १७७५ मा फादर जोसे अगस्टिन कबाएरोले क्युबा द्वीपका सबै नागरिकहरूको लागि सार्वजनिक शिक्षा व्यवस्था निर्माणको पहिलो परियोजना पेश गरे। यो एक दूरदर्शी विचार थियो, तर त्यसबेला यसलाई परिणाम दिनु असंभव थियो। यो द्वीप त्यसबेला स्पेनको उपनिवेश थियो र धेरै आबादीलाई या त दासप्रथामा धकेलिएको थियो या ती मेस्तिज र स्वतन्त्र नीग्रोहरू थिए, जो पृथक्करण र नस्लभेदका शिकार थिए ।शिक्षा एउटा धेरै सानो अल्पसंख्यक जनसंख्याको पहुँचमा पुगेको थियो, त्यो पनि रूढीवादी पाण्डित्यपूर्ण दर्शनको कडा सिद्धान्तसम्म मात्र सीमित थियो ।

फादर कबाएरो त्यो दर्शन र त्यसबाट निक्लिने शिक्षाको कटु आलोचक थिए । यो एक यस्तो बौद्धिक आन्दोलनको जन्म थियो, जसको क्युबाको इतिहासको लागि निर्णायक महत्त्व रह्यो । यो आन्दोलन एक अन्य क्याथोलिक पादरी, कबाएरोका शिष्य र राष्ट्रिय स्वतन्त्रता तथा दासप्रथाको अन्तको लागि लड्ने पहिला क्युबाली बुद्धिजीवी फेलिक्स वरेलासँगै आफ्नो शिखरसम्म पुग्यो ।

के कुरा आश्चर्यजनक छ भने क्युबा पुएर्टोरिकोसँगै अन्तिममा बचेको स्पेनिश-अमेरिकी उपनिवेशहरूमध्ये एक थियो, र जहाँ यी द्वीपहरूमा कब्जा कायम राख्ने कोशिस गरिरहेको राजनीतिक व्यवस्थामाथि ठोस र गहन प्रश्न उठाउने सिलसिला शुरू भयो। १० अक्टुबर १८६८ मा स्वतन्त्रताको लागि पहिलो युद्ध र गम्भीर सामाजिक क्रान्तिको शुरूवातको क्रममा क्रान्तिकारी सोच र दासप्रथाको नाश एवं जनसंख्याका अन्य बहिष्कृत वर्गहरूको मुक्तिको भावनाको सम्मिश्रणले आकार लिन शुरू गर्‍यो ।

एउटा पूर्ववर्ती लेख (लङ मार्च अफ द क्युबन रिभोलुशन, मन्थ्ली रिभ्यू,  ६०, नं ८, जनवरी २००९) मा मैले त्यो प्रक्रियाका ती आवश्यक विशेषताहरूको उल्लेख गरेको छु, जुन क्युबाली राष्ट्रको उदय र त्यसको मुक्तिको लागि महत्त्वपूर्ण रहे । यहाँ म ती उदीयमान शिक्षक र प्रोफेसरहरूको दलद्वारा निर्वाह गरिएको निर्णायक भूमिकालाई रेखांकित गर्न चाहान्छु, जसले केवल आफ्नो समयको विचारभन्दा धेरै बढी विकसित सामाजिक विषयवस्तुसँगै पितृभूमिको विचारलाई विकसित मात्र गरेनन्, बरू उनीहरूले क्युबाली शिक्षा व्यवसायमा एक निर्बाध क्रान्तिकारी परम्परालाई जन्म दिए ।

बीसौं शताब्दीको पहिलो भागको क्रममा सार्वजनिक शिक्षा क्युबाली देशभक्तिको लागि एक आश्रयस्थल थियो । तर द्वीपमा अमेरिकी आधिपत्यको क्रममा, चाहे त्यो प्रत्यक्ष रूपमा होस् वा अमेरिकाद्वारा प्रायोजित दमनकारी र भ्रष्ट शासनद्वारा, यो शिक्षाले नै क्युबाका उत्कृष्ट बुद्धिजीवीहरू र विद्यार्थी आन्दोलनलाई विरोध गर्नको लागि तयार गर्‍यो । वास्तवमा विद्यार्थी आन्दोलन र क्युबाली बुद्धिजीवीहरूले स्पेनिश उपनिवेशवादको लामो अवधि तथा अमेरिकी प्रभुत्व दुवैको अवधिमा क्युबाको राजनीतिक र सामाजिक संघर्षमा भाग लिएका छन् । यसको साथै साम्राज्यवाद-विरोधी समाजवादी चिन्तनको शुरूवात र विकासमा पनि योगदान दिएका छन् ।

विगतको बाटिस्टा तानाशाहीले आफ्ना कैयौं अपराधहरूमध्ये एक शिक्षाको विरूद्ध अत्यन्त आक्रामक रवैया अपनायो । उसले स्कूल र विश्वविद्यालयहरूको निजीकरणलाई प्रोत्साहित गर्‍यो तथा सरकारी संस्थानहरूको विरूद्धमा युद्ध छेडेर उनीहरूलाई संसाधनहरूबाट वंचित गरिदियो । यिनै संस्थान पछि गएर प्रतिरोधका मुख्य केन्द्रहरूमा परिवर्तित भए । आफ्ना प्रयासहरूको प्रतीकको रूपमा त्यो तानाशाहाले हवाना विश्वविद्यालयको २०० वर्ष पुरानो भवनलाई एक हेलिकप्टर टर्मिनलमा परिवर्तित गर्ने उद्देश्यले तहसनहस गरिदियो । उसको यो योजना १ जनवरी १९५९ मा बाध्य भएर देश छोडेर भाग्ने बेलासम्म लगभग पूरा भइसकेको थियो । यद्यपि भाग्नुभन्दा पहिले बाटिस्टाद्वारा क्युबाली राष्ट्रिय सभ्यताका अन्य किल्लाहरूलाई पनि निशाना बनाएको थियो । उसको तानाशाहीले अलीशिया अलोंसो नाट्य कम्पनीलाई राज्यसँग मिलाउने एक सामान्य अनुदान पनि रोकिदियो । यससँगै यो नाट्य संस्थाको कला केवल विद्यार्थीहरूद्वारा प्रायोजित विश्वविद्यालय परिसरका कार्यक्रमहरूसम्म मात्र सीमित रह्यो । ती असाधारण कलाकार र त्यसको कम्पनीले अमेरिका जानुपर्‍यो ।

शिक्षा क्रान्तिकारी सरकारको पहिलो प्राथमिकता थियो । सरकारका सबभन्दा पहिला कार्यहरूमध्ये एक विस्तृत छात्रवृत्ति योजना, दुर्गम इलाकाहरूमा रहने यस्ता हजारौं विद्यार्थीहरूलाई शिक्षा उपलब्ध गराउनमा केन्द्रित थियो, जसको विश्वविद्यालयीय शिक्षा देशको राजनधानीमा गएर रहने संस्थानको अभावमा बाधित भइसकेको थियो । हवानाका कैयौं ठूला भवनहरूलाई तिनीहरूको निवासको लागि प्रयोगमा ल्याइयो । बाटिस्टाको शासनको अन्तको समयमा निर्माण-कार्यमा आएका उछालका द्योतक भएका आलिसान कोठीहरू क्युबाली विश्वविद्यालयका दसौं हजार विद्यार्थी र कैयौं अन्य छात्रवृत्ति प्राप्त विदेशी विद्यार्थीहरूका छात्रावास बने ।५० वर्षपछि तिनीहरू आज पनि त्यही उद्देश्यका लागि प्रयोग भइरहेका छन् ।

त्यहीबेला विश्वविद्यालयमा विभिन्न प्रकारका सुधारहरूको शुरूवात भयो । यिनीहरूमा शिक्षण र शिक्षा पद्धतिको आधुनिकीकरणको प्रयास,  पूर्वमा भएको विज्ञान र प्राविधिक ज्ञानको कमीलाई हटाउनको लागि प्रोत्साहन (उदाहरणको लागि यसबेलासम्म क्युबाली अर्थशास्त्रीहरूमध्ये उत्कृष्ट कमैले मात्र अन्य देशमा शिक्षा प्राप्त गरेका थिए), र देशैभरी विश्वविद्यालय परिसरहरूको निर्माण, जसलाई हामी “विश्वविद्यालयहरूको सार्वभौमीकरण” भन्दछौं, यो सबै सामेल थियो । ती शुरूवाती वर्षहरूमा जब विदेशी शक्तिहरूद्वारा क्युबाको विरूद्धमा विद्वैष र अलगावको तीव्र प्रसार गरिरहिएको थियो, यी गम्भीर शैक्षिक सुधारहरूलाई अगाडि बढाउनु संभव थिएन । ध्यान दिनयोग्य कुरा के छ भने यी विदेशी आक्रामकताको परिणाम द्वीपमा बे अफ पिग्स आक्रमण, विध्वंसक कार्वाही र आतंकवादको रूपमा सामुन्ने आयो ।

यद्यपि यी सबैको बाबजुद हामीले धेरै सह्रानीय परिणाम प्राप्त गर्यौं ।

यी सबैमा सेन्टियागो डी क्युबा स्कूल अफ मेडिसिनको निर्मण उल्लेखनीय छ। १९६० को दशकको शुरूवातमा डक्टरहरूलाई केवल राजधानीमा मात्र प्रशिक्षण दिइरहिएको थियो तथा त्यस क्रममा क्रान्तिकारी व्यवस्थालाई पराजित गर्ने उद्देश्यले बनाइएका “ब्रेन ड्रेन” बहकावका योजनाबाट आकर्षित भएर क्युबाका ६००० डाक्टरहरूको आधा हिस्सा अमेरिकामा प्रवास गरिसकेको थियो ।

ती नयाँ प्रयासहरूका परिणाम आज पनि देख्न सकिन्छन् । हरेक प्रान्तमा कम्तीमा एउटा विद्यालय र एउटा मेडिसिन स्कूल छ । हामी एक यस्तो स्वास्थ्य व्यवस्थाको प्रयोग गर्दछौं,  जुन बिरामीहरूको लागि पूर्णतया निःशुल्क छ  र जसमा सम्पूर्ण देश र त्यसका सबै निवासी सामेल छन् । दसौं हजार क्युबाली डाक्टर कैयौं क्यारेबियन र ल्याटिन अमेरिकी देशहरू, अफ्रिका, एशिया र ओशिनियामा सेवा प्रदान गरिरहेका छन्, त्यो पनि निःशुल्क । क्युबाले कैयौं अनुसन्धान केन्द्र विकसित गरेको छ, जसले औषधि, भ्याक्सिन र विशिष्ट उपकरणहरूको खोज, निर्माण एवं नियार्तको काम गरिरहेका छन् । यस सन्दर्भमा यी उपलब्धिहरूले यो द्वीपलाई तेस्रो संसारका देशहरूको बीचमा एक महत्त्वपूर्ण भूमिका प्रदान गरेको छ । यो खासगरी अझ उल्लेखनीय हुन्छ, जब हामी के देख्छौं भने वैश्विक स्वास्थ्य सेक्टर ठूला पूँजीवादी संस्थाहरूको एकाधिकारद्वारा नियन्त्रित हुन्छ । आधा शताब्दीसम्म अमेरिकाद्वारा थोपरिएको आर्थिक घेराबन्दीका अथक प्रयासहरूको बाबजुद क्युबाले यो सबै गरेर देखाएको छ ।

यस वर्ष हामी क्युबामा दुई वार्षिकोत्सव मनाइरहेका छौं, जुन एक-अर्कोसँग निकट रूपले जोडिएका छन् । पचास वर्ष पहिले हामीले अशिक्षाको अन्त्य गर्यौं र त्यही बेला हामीले बे अफ पिग्समा विजय प्राप्त गर्यौं, जहाँ बहत्तर घण्टाभन्दा पनि बढी समयमा सीआईएद्वारा प्रायोजित र संचालित सैन्य आक्रमणलाई जबर्जस्त ढंगले असफल बनाइदियौं । १९६१ मा क्युबाली जनताहरूले दुई अद्वितीय उपलब्धिहरू हासिल गरे । क्युबा अमेरिकी महाद्वीपमा अशिक्षालाई मेटाउने र सैन्य रूपले साम्राज्यवादलाई परास्त गर्ने पहिलो देश बन्यो । के बिडम्बना हो भने जुन वर्ष यूनेस्कोले हरेक क्युबालीले पढ्न-लेख्न सिकिसकेका छन् भनेर घोषणा गर्‍यो, त्यही वर्ष अमेरिकी राष्ट्रपति केनेडीले सैन्य आक्रमणको आदेश दियो, जुन यदि सफल भएको भए त्यसले जनतालाई अज्ञानता र अशिक्षातर्फ पुनः मोडिदिएको हुन्थ्यो ।

१९५९ मा क्रान्तिको विजय हुँदा क्युबाली जनसंख्याको लगभग एक-चौथाई हिस्सा पूर्ण रूपले अशिक्षित थियो ।धेरै अन्यलाई “व्यावहारिक रूपले अशिक्षित” ठानिन्थ्यो । यसको अर्थ के हो भने उनीहरू शब्दलाई पढ्न र चिन्न सक्थे तर तिनीहरूलाई पूर्ण रूपले बुझ्न असक्षम थिए । त्यो देशमा यो वास्तविकता निश्चित रूपमा ब्याकुल बनाउने खालको थियो, जहाँ हजारौं बेरोजगार शिक्षक अस्तित्वमान थिए, तर पनि हजारौं विद्यालय शिक्षक बिना चलिरहेका थिए । एक यस्तो देश, जहाँ धेरै बच्चाहरूको नाम कुनै पनि विद्यालयमा लेखिएको थिएन र जसले धेरथोर शिक्षा लिन शुरू पनि गरेका थिए, तिनीहरूमध्ये धेरैले प्राथमिक शिक्षा पनि पूरा गर्न सक्दैनथे । बाटिस्टा शासनद्वारा आयोजित अन्तिम जनगणनामा यी कुरालाई पुष्टि गर्ने तथ्यांक उल्लेखित छन्, स्पष्ट छ जसले त्यसबेला क्युबामा फैलिरहेको नाटकीय रूपले अन्यायपूर्ण सामाजिक परिस्थितिको सुनौलो तस्वीर पेश गर्नमा नै रूची लिइरहेको थियो । क्युबाका साक्षरता अभियानले जनताको सहभागिताको सन्दर्भमा असाधारण आयाम पेश गरे।असंख्य विद्यार्थीहरूले ब्रिग्रेडहरूको रूपमा संगठित भएर केवल एउटा लालटीन र पढाउने किताबले लैस भएर सम्पूर्ण देशमाथि “आक्रमण” गरे र आफ्नो यो इमान्दार अभियानमा उनीहरू सबभन्दा दुर्गम इलाकासम्म पसे । उनीहरूमध्ये एक मेनुएल असुंसलाई भाडाका सैनिकका गिरोहले मारिदिए र उनका शिष्य पेड्रो लांतिगुआको पनि हत्या गरिदिए ।

अभियानलाई अवरोध गर्नु त परै जाओस्,  यी आपराधिक घटनाहरूले अझ बढी विद्यार्थीहरूलाई साक्षरताकर्मीहरूको रूपमा लामबद्ध हुनको लागि प्रेरित गर्‍यो । युनियनहरूले पनि यसमा निर्णायक योगदान दिए । कोनराडो बेनित्ज नामक एक कर्मीलाई पनि मारियो, जबकि उनी पहाडमा लेखपढ गर्न सिकाइरहेका थिए । यी शहीदहरूका नाम क्युबाली शिक्षा अभियानको लागि प्रिय प्रतीक बने ।

साक्षरता कार्यक्रमलाई सफलतापूर्वक पूरा गर्नु बढी व्यापक र टिकाउ परियोजनाको लागि एक पक्का जग समान थियो। यो अभियान पछि हरेक व्यक्तिको लागि कम्तीमा प्राथमिक शिक्षा पूरा गर्ने एक लडाइँको शुरूवात भयो । यसको अतिरिक्त ठूलो स्तरमा पढाईको प्रसारको लागि एक यस्तो प्रकाशन प्रणालीको स्थापना गरियो, जसले अहिलेसम्म विभिन्न विषयहरूका करोडौं प्रति छापेको छ, जसलाई आश्चर्यजनक रूपले सस्तो दाममा बेचिन्छ । यो प्रयासको शुरूवात मिगुएल डी सर्वान्तेजको सर्वकालिक रचना ‘द इनजीनियस जेन्टलमेन डन क्विकजोट अफ ला मान्चा’ को प्रकाशनबाट भयो । आधा शताब्दी पहिले हासिल गरिएको यो मुकाम अझै पनि संयुक्त राष्ट्रको सहस्राब्दी लक्ष्यहरूमध्ये एक हो, एक यस्तो मौलिक अधिकार, जसमा विश्वका करौडकरोड मानिस अझैसम्म वंचित छन् । हाम्रो विश्वास के छ भने हामीले अरूलाई पनि यसो गर्नमा सहयोग गरौं भन्ने हाम्रो नैतिक जिम्मेवारी हो । हाम्रो लागि यही अन्तर्राष्ट्रियतावाद हो, जुन समाजवादी मूल्यमान्यताहरूको आधार हो । क्युबाली शिक्षकहरूले पढ्न-लेख्न सिकाउनको लागि “हो म गर्न सक्छु” (यो सी पुऐदो) जस्ता सटिक मन्त्र आविष्कार गरेका छन्, जसले अन्य देशहरूमा लाखौं मानिसहरूलई अशिक्षाबाट छुटकारा पाउनमा मद्दत गरेको छ। यो सी पुऐदो ब्राजिलमा पाउलो फ्रेरेद्वारा खोज र प्रयोग गरिएका तरीकाहरूको उपयोग गर्दछ तथा शिक्षालाई समुदायका आवश्यकता र उपक्रमको वरिपरि स्वयं बुन्नमा मद्दत गरी जनतासँग शब्द र संसार दुवैलाई पढ्नको लागि सँगै काम गर्दछ । आफना बुजुर्गहरूका साहित्यिक क्रियाकलापहरूलाई दोहोर्याउँदै दसौं हजार क्युबाली नवयुवकहरूले ल्याटिन अमेरिका, अफ्रिका र अन्य महाद्वीपहरूका सबभन्दा दुर्गम इलाकाहरूमाथि ‘आक्रममण’ गरे र सफल साक्षरता अभियानको लागि निक्लिएका छन् । उदाहरणको लागि भेनेजुएला अब आधिकारिक रूपमा यूनेस्कोद्वारा प्रमाणिक अशिक्षामुक्त क्षेत्र हो ।

बोलिभिया, निकारागुवा, हैटी र इक्वेडर जस्ता देशहरूका जनसंख्याका महत्त्वपूर्ण हिस्सासम्म सामान्य साक्षरता पुगिसकेको छ तथा यी देश पूर्ण विश्वासका साथ अज्ञानताको अभिशापबाट पूर्ण रूपले छुटकारा पाउनेतिर अग्रसर छन् । यूनेस्कोद्वारा प्रमाणित क्युबाली साक्षरता योजना यो सी पुऐदोलाई विश्वभरीका बीस देशहरूमा सफलतापूर्वक लागू गरिसकिएको छ । आजको मितिसम्म यो योजनाका एघार संस्करण लागू गरिसकिएका छन् :  स्पेनिशको सात (भेनेजुएला, मेक्सिको, अर्जेन्टिना, इक्वेडर, बोलिभिया र उरुग्वे), पोर्चुगिजमा एक, अंग्रेजीमा एक, बोलिभियाको लागि क्वेचुआ र आयमारामा दुई, हालै पूरा गरिएका संस्करण र क्रियोलको एक संस्करण, जसलाई हैटीमा सफलपूर्वक प्रयोग गरिसकिएको छ । यो अभियानको लगातार बढ्दो प्रभाव नै यसको सबभन्दा सुन्दर फल हो । यो इमान्दार र चुनौतीपूर्ण अभियानको हिस्सा केवल क्युबालीहरू मात्र होइनन् । आज उनीहरूसँगै भेनेजुएला, बोलिभिया, हैटी, इक्वेडर र अन्य सबै देशहरूका नवयुवक काँधमा काँध मिलाएर उभिएका छन् ।

यस्तै ठूलो परिमाणमा निःशुल्क स्वास्थ्य सुविधाको प्रसारमा पनि भइरहेको छ । वर्षौंसम्म दशौं हजार क्युबाली डाक्टरहरूले आफ्ना सेवा ल्याटिन अमेरिका, क्यारिवियन क्षेत्र, अफ्रिका र एशियाका कैयौं इलाकाहरूमा दिएका छन् । तर अब उनीहरू यो लक्ष्यलाई पूरा गर्नमा एक्लै छैनन् । हवानाको पश्चिम निकट रहेको ल्याटिन अमेरिकी स्कूल अफ मेडिसिन (ईलम) बाट अहिलेसम्म संयुक्त राज्य अमेरिकासहित अन्य धेरै देशका धेरै नवयुवकहरूले शिक्षा प्राप्त गरिसकेका छन् । केही ग्रेजुएट हेनरी रीवी ब्रिगेटसँग मिलेर काम गर्दछन्, जुन क्युबाली डाक्टरहरूको एउटा दस्ता हो, जसलाई कटरीना चक्रवातबाट भएको विनाशको सामना गर्नको लागि बनाइएको थियो । किनकि,  राष्ट्रपति बुशले ब्रिगेडद्वारा लुसियानाका पीडितहरूको मद्दत गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । अमेरिकी जनताको मद्दत गर्न नसकेपछि हेनरी रीवी ब्रिग्रेड, हिमालयमा भूकम्पबाट प्रभावित पाकिस्तानी नागरिकहरूको मद्दतको लागि रवाना भयो । अहिले हजारौं क्युबालीहरू यससँग जोडिएका छन्, जसले विगत शताब्दीको अन्तदेखि नै हैटीका नागरिकहरूलाई आवश्यक जीवनरक्षक सेवा प्रदान गरिरहेका छन् र जसले त्यहाँ एक भयानक हैजाको महामारीलाई निर्मूल गरिदिएका छन् । हाम्रा डाक्टरहरूलाई पाकिस्तान र हैटीमा सम्मानित गरिसकिएको छ तथा कैयौं अन्तर्राष्ट्रिय संस्थानहरूले हाम्रा प्रयासहरूलाई स्वीकारेका छन् ।

वैश्विक कर्पोरेट मिडियाले, खासगरी अमेरिकामा, यो बारेमा धेरै कम भनेका छन् । शायदै केही अमेरिकीहरूले यी प्रयासहरूको बारेका सुनेका होलान्, जबकि क्युबामा आफ्ना व्यावसायिक प्रशिक्षण प्राप्त गर्ने कैयौं अमेरिकी डाक्टरहरूले यसमा हिस्सा लिएका छन् । अमेरिकामा शायदै कसैले हेनरी रीवीको बारेमा जान्दछ, जसको नाममा नै यो ब्रिगेडको नाम राखियो र जो उन्नाइशौं शताब्दीमा क्युबाली स्वतन्त्रताको लागि लड्ने र प्राण गुमाउने एक अमेरीकी युवा थिए ।

साक्षरताको क्षेत्रमा भइरहेका तमाम अन्तराष्ट्रियतावादी कार्यहरूप्रति पनि मिडिया यसरी मौन बसिरहेका छन् । क्युबाली शिक्षकहरूले न्यूजिल्याण्डमा यो सी पुऐदो पद्धतिलाई सफलतापूर्वक लागू गरेका छन् तथा अब क्यानडामा पनि उनीहरूले यस्तो गरिरहेका छन् । यस्तो उनीहरू ती दुवै देशका सरकारी अधिकारी र नागरिक समाजसँग मिलेर गर्दछन्, जसलाई कल्पनामा पनि कुनै पनि प्रकारले विकासशील विश्वको भन्न सकिंदैन । क्युबाली क्रान्तिद्वारा विकसित शैक्षणिक कार्यहरूलाई घेराबन्दी वा स्पष्ट रूपमा भन्ने हो भने आइजनहावर प्रशासनको समयदेखि छेडिएका आर्थिक युद्ध, जुन ओबामा प्रशासनमा पनि जारी छ, को कारण धेरै कठिन परिस्थितिमा पूरा गरियो ।हामीले के कुरा स्मरण गर्नुपर्दछ भने यो आर्थिक युद्ध शुरूवातदेखि नै एक खास नरसंहारको रूपमा सोचिएको थियो, किनभने यसको उद्देश्य सँधै क्युबाली जनताहरूलाई नोक्सान पुर्‍याउनु नै रहेको छ । सरकारी भाषामा लेखिएका अमेरिकी सरकारका केही जासूसी दस्तावेजहरूमा, जसलाई पछि प्रकाशित गरिएको थियो, के कुराको उल्लेख गरिएको छ भने यो नीतिको उद्देश्य “आर्थिक असन्तोष र कठिनाइहरूमा आधारित मोहभंग र निराशा पैदा गर्नु….र क्युबालाई मुद्रा तथा सामग्रीहरूबाट वंचित गरी वित्तीय एवं वास्तविक आयलाई कम गर्नु,  भोकमरी र असन्तोष बढाएर सरकारलाई पल्टाउनु हो ।” (अफिस अफ द हिस्टोरियन रिलेशन्स अफ द युनाइटेड स्टेड्स, १९५८-१९६०, भोल्यूम ६, क्युबा वासिंग्टन डिसी।)

यस्तो चुनौतीको सामना गरी अन्ततः हामीले कसरी शिक्षा सेवाको प्रसार गर्यौं ? कसरी हामीले विद्यालयहरू, प्रयोगशलाहरू र पुस्तकालयहरूको संख्या बढायौं ?  कसरी हामीले आवश्यक उपकरण र सामग्रीहरूको उपलब्धता सुनिश्चित गर्यौं ?

क्युबालीहरूको लागि कुनै पनि अन्य राष्ट्रका जनताको अपेक्षा यो मूल्य धेरै बढी रहेको छ । अमेरिकी बजारसम्म पहुँचमा प्रतिबन्धको कारण निर्माण कार्यहरू, मर्मतसंभार र शिक्षाका सुविधाहरूको लागि आवश्यक आयातहरूलाई दुर्गम बजारहरूमा खोज्नुपर्दछ, जसबाट क्युबालीहरूले यातायात र ढुवानीको अतिरिक्त मूल्य दिने जटिलता उठाउनुपर्दछ ।यी मूल्य तथाकथित क्युबा रिस्क क्लोजको कारण अझ बढ्दछ । यो त्यो प्रतिबन्धात्मक (दण्डात्मक) मूल्य हो, जसलाई वासिंग्टनद्वारा ती विदेशी कम्पनीहरूमाथि थोपरिन्छ,  जसले द्वीपसँग व्यापार गर्दछन् । हामी क्युबालीहरूले कुनै पनि अन्य देशद्वारा बनाइएका समान उत्पादनहरूको लागि तिनीहरूको मूल्यभन्दा बढी चुकाउनु पर्दछ । त्यसमाथि पनि हामीले एउटा अर्को खतराको सामना गर्नुपर्दछ : कुनै पनि समय एक अन्तर्राष्ट्रिय व्यापार सम्झौतालाई रद्द गर्न सकिन्छ, यदि त्यो सामानको उत्पादन वा बजारीकरणसँग जोडिएका कारकहरूमध्ये कुनैलाई पनि कुनै अमेरिकी कम्पनीद्वारा खरिद गरियो भने । हामीले कैयौं वर्षमा धेरै पटक यो अनुभवलाई झेलेका छौं ।

यी सबैको बाबजुद क्युबा सबैलाई शिक्षा र सभ्यता पुर्‍याउने आफ्नो लक्ष्यतर्फ लगातार बढिरहेको छ । १९९० को दशकमा सोभियत संघको विघटन तथा टोरिसेली (१९९२)  र हेम्सबर्टन (१९९६) नियमहरूद्वारा अमेरिकी प्रतिबन्ध अझ कठिन भएकोले देश गहिरो अर्थव्यवस्थाको संकटबाट गुज्रिनुपर्‍यो, त्यसपछि पनि हामीले कैयौं उल्लेखनीय उपलब्धीहरू प्राप्त गरेका छौं ।

खासगरी ती कठिन वर्षहरूमा सरकारी सहयोग प्राप्त उपक्रमहरूले धेरै प्रगति गरे । त्यसकारण यिनीहरूलाई शिक्षा पेशासँग जोडिएका मानिस र विद्वान वर्गको प्रोत्साहन प्राप्त भइह्यो, त्यसैले यी परियोजनाहरूमा लगातार समृद्धि भयो । हामी यो कुरा जोड दिएर भन्दछौं कि विभिन्न कलात्मक र सांस्कृतिक अभिव्यक्तिहरूलाई दैनिक जीवनमा सामेल गरेर, कला प्रशिक्षक अभियानले देशका विभिन्न समुदायहरूमा जीवनको पुनः संचार गरेको छ ।

हरेक वर्ष हवानाद्वारा ल्याटिन अमेरिका र अन्य इलाकाहरूबाट हजारौं विशेषज्ञ र पेशेवरहरूलाई आमन्त्रित गरिन्छ, विश्वभरीमा विश्वविद्यालयहरू र शिक्षाद्वारा महसुस गरिरहिएका समस्याहरू र चुनौतीहरूमाथि विचार-विमर्श गरिन्छ । भर्खरै आठौं वर्षगाँठ सम्पन्न भएको पुस्तकमेला समग्र क्युबाली भूभागमा फैलिन्छन् । यिनीहरूमा लाखौं मानिसहरूले भाग लिन्छन् तथा किताबहरूलाई सस्तो मूल्यमा किनेर कलाकार तथा लेखकहरूसँग मिलेर कुराकानी गर्न सक्दछन् ।

क्युबाका पाँच राष्ट्रिय च्यानलहरूमध्ये दुई च्यानल शिक्षालाई समर्पित छन् । जनसाधारणमा प्रसारको लागि प्रकाशित सामग्रीहरूको मद्दतले लाखौं मानिसहरूसँग सिक्नको लागि विषयहरूको एक विस्तृत दायरा छ, जसमा इतिहास, अर्थशास्त्र, भूगोल,  विज्ञान, साहित्य, दृश्य कला, संगीत र विदेशी भाषाहरू सामेल छन् ।

फादर कबाएरोले एक यस्तो क्युबाको सपना देख्ने साहस गरेका थिए, जहाँ शिक्षा एक साझा विरासत हुनेछ , जसमा कोही पनि अछुतो रहनेछैन, र त्यतिबेलादेखि अहिलेसम्म हामीले एक धेरै लामो र घटनाहरूसँग परिपूर्ण मार्ग तय गरिसकेका छौं ।आज क्युबाको समाज चिन्तनको यस्तो अवधिबाट गुज्रिरहेको छ, जहाँ हामी सबै खुला र जनतान्त्रिक तरीकाले के विचार गरिरहेका छौं भने जुन कामको लागि यति धेरै मूल्य चुकाउनु पर्‍यो, त्यो शानदार कामलाई हामी कसरी सुरक्षित राख्न सक्छौं । हामी आफ्नो समाजवादी परियोजनालाई बचाइराख्ने कोशिस गरिरहेका छौं, त्यो समाजवादसँग जोडिएको छ, जुन एक चौतर्फी घेरिएको देशमा भीषण संकटबाट गुज्रिरहेको एउटा यस्तो संसार, जहाँ मानव अस्तित्व खतरामा छ, मा आज पनि कायम छ ।

यो राष्ट्रिय छलफल अप्रिल २०११ मा भएको छैटौं कम्युनिष्ट पार्टी अधिवेशनमा विचारको महत्त्वपूर्ण हिस्सा रह्यो । यो यस्तो छलफल हो, जसमा हरेक क्युबालीले भाग लिए । जस्तो कि कमरेड फिडेल क्यास्त्रोले त्यस अवसरमा धेरै पटक के घोषणा गरे भने हामीले “हरेक त्यो चीजलाई बदल्नुपर्नेछ, जसलाई बदल्ने आवश्यकता हुन्छ।” यसमा कुनै शंका नरहोस् । भविष्यमा क्युबा अगाडि बढ्नुपर्दछ, शिक्षालाई आफ्नो सबभन्दा मूल्यवान रत्न जसरी सजाएर – सबैको लागि समान शिक्षा, श्रेष्ठ शिक्षा देशको स्वतन्त्रताको आधार र मार्गदर्शक बनिरहनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation