एसइईमा सर्बाेत्कृष्ट नतिजा ल्याउने Whiz-Kids स्कुल सरकारद्वारा नगदसहित सम्मानित


प्रेम न्यौपाने/काठमाण्डौं
शैक्षिक सत्र २०८० को एसइईमा सहभागी संस्थागत विद्यालयतर्फको सर्बाेत्कृष्ट नतिजा ल्याउने  Whiz-KIDS Intrnatinal स्कुलले बागमति सरकारको सम्मान पाएको छ ।
 गतवर्षको एसइईमा बागमति प्रदेशमै सबैभन्दा बढी (ए प्लस/सर्बाेत्तम) जिपिए ल्याउने विद्यार्थीहरुको संख्यात्मक रुपमा प्रथम स्थान हासिल गरेको सो स्कुललाई बागमति प्रदेश सरकारले सम्मान गरेको हो ।
बागमति प्रदेशको प्रदेश राजधानी हेटौंडामा शिक्षा दिवशको अवसरमा आयोजित एक भव्य समारोहमाबीच मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेश सांसद हरिप्रभा खड्की लगाएतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा रु १ लाख नगदसहित सम्मान गरिएको बागमति सरकारले जनाएको  छ ।
सम्मान तथा पुरस्कार सो विद्यालयका पिन्सिपल राजेश खरेलले ग्रहण गरको हुन् । काठमाण्डौंको विशानलगरमा रहेको सो विद्यालयले गतवर्ष पनि बागमति प्रदेशमा दाेस्रो स्थान हासिल गरेकाे थियो । हरेकखाले शैक्षिक गतिविधिमा सो विद्यालय बागमति प्रदेशमा अब्बल रहेको छ । खेलुकुद, अन्य अतिरिक्त क्रियाकलापमा पनि सो विद्यालयले राम्रो स्थान हासिल गरिरहेका सो विद्यालयका सहायक प्रिन्सिपल ओम थापाले बताए ।
 बागमति प्रदेश सरकारको सो सम्मान र पुरस्कारले आफूहरुलाई थप हौसला मिलेको र विद्यार्थीको चौतर्फि विकास, शैक्षिक गुणस्तर विकास एवम् नतिजा सुधारमा अझै खारिएर लाग्ने विद्यालयका प्रधानाध्यापक राजेश खरेलले बताएका छन् । उनी आफै पनि बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म विद्यालयमा निरन्तर खटुने भएकोले विद्यालयले समग्र क्षेत्रमा राम्रो नतिजा प्राप्त भइरहेको विद्यालय परिवारले जनाएको छ ।
शैक्षणिक कार्ययोजना र कार्यान्वयको राम्रो स्पीरिट कायम गर्न सकिएकोले सो नतिजा प्राप्त गर्न सफल भएको बताउँदै खरेलले सर्बाेत्कृष्ट नतिजा लिएर आफ्नोसहित विद्यालयकाे गरिमा बढाउने सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामनाकासाथ धन्यवाद व्यक्त गरे । संस्थागत विद्यालयतर्फको सो विद्यालयबाट परिक्षामा सहभागी भएका ३३ जना विद्यार्थीले एसइईमा सर्बाेत्कृष्ट नतिजा ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation