चन्द्रप्रभा माविमा विद्यार्थीलाई असल साेच विचार र आचरण विकासका पक्षलाई मध्यनजर गरी मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सुनिलस्कृति गाउँपालिका ३ मिझिङमा रहेकाे साे माध्यमिक विद्यालयमा पहिलाे चरणमा कक्षा ९ र १० का विद्यार्थीलाई मानसिक स्वास्थ्य, लागू अाैषध तथा दुर्व्यसनी लगायतका विषयमा मनाेसामाजिक परामर्श दिइएको र क्रमश कक्षा ५ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई साे अभिमूखिकरण कार्यक्रममा सहभागी गराइने विद्यालयका प्रधानाध्यापक रत्नलाल सुवेदीले जनाए ।
विद्यालयका प्रधानाध्यापक रत्नलाल सुवेदीको अध्यक्षता र सहास नेपालको सामाजिक परिचालक सरस्वती पुरीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा विद्यालयका शिक्षकहरू दुर्गा प्रसाद रोका र घनश्याम आचार्यले सहजिकरण गरेका हुन् भने शिक्षकहरू ओमप्रकाश बिष्ट, नेत्रलाल भट्टराई, विद्युतजंग शिंह ठकुरी, पुण्यप्रसाद चौधरी लगायतका शिक्षकहरूले प्रशिक्षण कार्यक्रम सहजीकरणमा सहयोग गरेका विद्यालय स्राेतले जनाएको छ ।