कथा संग्रह “ऐजेरु” काे बिमाेचन, काे हुन् सानू गुल्मेली ?

प्यूठान । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) द्धारा लिखित कथा संग्रह “ऐजरु” सार्वजनिक भएको छ । उनकाे पहिलाे कथासंग्रह “ऐजेरु” होटल आयूष्मामा एक समारोहबीच साहित्य परिषद् प्यूठानको आयोजनामा बिमोचन गरिएको हाे ।

पारिवारिक सम्वन्धमा केन्द्रित रहेर कथा संग्रह लेखन तथा प्रकाशन भएको लेखक कुँवरको भनाई छ । “सानो–सानो कुरामा परिवारमा आउने विग्रहलाई केन्द्रित गर्दै कथाको विषयवस्तु उठान गर्न खोजिएको छ” लेखक कुँवरले भनिन्, “कसैको परिवारमा स-साना कुराले “ऐजेरु” नहालोस भन्ने मुख्य सन्देश पुस्तकमा उजागर गर्ने प्रयास गरेको छु ।” उनले आफू अब निरन्तर साहित्य लेखनमा लागिरहेन बताइन् ।

प्यूठान पुण्यखोला निवासी कुँवर साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएकी छन् ।‘ऐजरु’ कुवँरको पहिलो प्रकाशित कृति हो ।

कथा, कविता, निबन्ध लगाएत विषयमा कुँवरको राम्रो कलम चल्ने गर्छ । साहित्य प्रति आफनो निरन्तरताकाे लगनशिलता र पारिवारिक सहयोगका कारण कृति प्रकाशनमा सफल भएको कुँवरको भनाई छ ।

प्यूठान नगरपालिका प्यूठानका प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा कथा संग्रह विमोचन भएको हो । विमोचन समारोहमा नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्मा, साहित्य परिषद, विभिन्न सामाजिक व्यक्तित्व, पत्रकार लगाएतको सहभागीता रहेकाे थियाे ।

२०३५ सालमा पिता प्रेम कुँवर र माता जमुनादेवी कुँवरबाट जन्मिएकी राजकुमारी शिष्ट भाषा, सहयोगी हृदय,हरेक उमेरसमुहका मानिसहरुसँग राम्रो अन्तर्घुलन गर्न सक्ने निकै प्रतिभाशाली महिला हुन् । उनी जीवनका निकै ठुला चुनाैतिहरुलाई पनि सहजताका साथ पार गर्ने साहसिक महिलाकाे प्रयाय बनेकी छन् । शिक्षण पेशामा आवद्ध हुँदा उनले २ महिनाकाे दुधे बालक बाेकेर नाैबहिनी क्षेत्रका साबिकका विटक  विद्यालयहरुमा अध्यापनमा संलग्न भइन् ।

दलाली र चाप्लुसीबाट आफूलाई निकै टाडा राख्न रुचाउने राजकुमारी पुण्यखाेलाकाे खड्का परिवारकाे सम्पन्न बुहारी हुँदापनि ती विकट क्षेत्रमा एक्लै आउजाउ गरिन् तर सरुवाकाे निम्ति कसैलाई विन्तिभाउ चढाइनन् । उनी दुख, कष्ट र संघर्ष नझेलेका मानिसकाे जीवन फिक्का देख्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation