


२० असोज, दाङ
सप्तङ्गी साहित्य समाजकाे आयाेजनामा घाेराहीमा चाैथाे लुम्बिनी गजल महफिल भएको छ । लुम्बिनी प्रदेशमा क्रियाशील गजलकारहरुकाे विषेश उपस्थिति रहेकाे गजल महफिलमा गजलकारका जाेसिला र गर्बिला गजलहरुले दिनभरजसाे पत्रकार महासंघकाे सभाहल गुञ्जायमा भयाे । दर्शकहरु भावुक र मन्त्रमुग्ध भए । हरेक गजलकारका सेरहरुमा हुटिङ र ताली गड्किए । हल गजलले गुञ्जायमान भयाे ।
कार्यक्रमकाे पहिलाे सत्रमा साहित्यकार लालिमाया थापाकाे मुक्तक संग्रह ´लालिमा` र साैगात पुन मगर “समर्पण” काे ´फाटेकाे मन` मुक्तक संग्रहकाे विमाेचन भयाे भने सालाेचकहरुद्वारा द्वय कृति माथि समीक्षा गरिएको थियाे ।
दाेस्राे सेसनमा रुकुम पश्चिमका गजलकार देवेन्द्र जिएम ´दीपु`, राेल्पाकी साहित्यकार दिलकुमारी बुढामगर, डाेटीका गजलकार कमल निश्चल, दाङका प्रतीक संग्रामी, अर्घाखाँचीकी गजलकार सीता मुस्कानले आ-आफ्ना दमदार गजलहरु वाचन गरे । उल्लेखित गजलकार नै साे महफिलका मुख्य वाचकहरु हुन् ।
गजलकारहरुले देशकाे समसामयिक परिस्थिति, देशभक्ति भाव, दलका नेताहरुले गरेकाे धाेका र बेइमानी, युवाहरुका समस्या तथा मायाप्रेममा आधारित सुन्दर गजल वाचन गरेका हुन् । आयाेजकले कार्यक्रममा सहभागी अतिथि, वाचक, अन्य विशिष्ट व्यक्ति तथा पत्रकारहरुलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरेकाे थियाे ।
संस्थाका अध्यक्ष कृष्ण बुढाकाे अध्यक्षता रहेकाे साे कार्यक्रममा प्रमुख अतिथि राप्ती साहित्य परिषद्का निवर्तमान अध्यक्ष रहेका थिए भने घाेराही उपमहानगरपालिका १९ का वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीकाे विशिष्ट आतिथ्यतामा रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण सप्तरंगी साहित्य समाजका उपाध्यक्ष विजय खड्काले गरेका थिए ।
केही कैद गरिएका तस्बिरहरु-