बिषालु च्याउ खाँदा रुकुम पश्चिममा एउटै घरका पाँच जना बिरामी

रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको पाँच जना परिवार बिरामी भएका हुन् ।

३६ बर्षिय आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ ल्याएर खाँदा परिवारका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बिरामी हुनेहरुमा आशिराम खत्री सहित उहाँको श्रीमती ३१ बर्षिया कुमारी खत्री, छोरा ६ बर्षिय शेरबहादुर खत्री, छोरी ३ बर्षिया धनमाया खत्री र भान्जा १४ बर्षिया निमबहादुर खत्री रहेका छन् ।
बिरामी पाँचै जनालाई बुधबार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारको लागि ल्याईएको प्रहरीले जनाएको छ ।

घाईते मध्य घरमूली आशिराम र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । अन्य तीन जना भने बोल्न सक्ने अवस्थामा रहेका छन् ।

बर्षायाममा जंगली बिषालु च्याउ खाएर विभिन्न स्थानमा मान्छेहरु बिरामी परेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले यस तर्फ सचेत रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation