”अमर प्रेम”

 

ऐना जस्तै छ सम्झना
पानी जस्तै छ माया।
आकाश भन्दा फराकिलो
मेरो मनको आयतनमा
मात्र तिमी छौ।

आखाँ चिम्लिए पछि देखिने
दृश्य तिम्रै चित्रहरु मात्र हुन।
मेरो सम्झनामा तिमी
दुखी हुनु परेको छैन।
तिमि दुख्नु मेरो चाहना हैन।
त्यसैले तिमीले मलाई
कहिल्यै सम्झिनौ भन्ने पिर छैन।

माया गर्नेले पो सम्झने हो
सम्झिरहन्छु तिमीलाई
यति भ्ए पुग्छ।
बस सम्झिरहन सकु हरपल ।

सम्झदा सम्झदा
यादहरु बूढा भ्एपछि
कतै मैले तिमीलाई
सम्झन बिर्सन्छु की भन्ने पिर छ
रातमा आखाँ चिम्लिए पछि
मनले तिम्रो चित्र नबनाउलाकी
भन्ने पिर छ
चाहना त उहिल्यै जलाई सके
तर पनि
अझ‌ै सिर्फ तिम्रो निम्ति
मेरो प्रेम अजर छ,अमर छ।।

भरत रोकाय ‘एक्सन’
सल्यान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation