Pranmancha

Advertisment

SKIP THIS

आईसीसी विश्वकप लिग-२: स्कटल्याण्डमाथि नेपालको शानदार जित

१४ कार्तिक, काठमाडौं 

आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ।

अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो।  जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले। त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे। अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए। ​

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए भने ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १–१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव ४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो। उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो।

उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९–१९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २–२ विकेट लिए। यस शृङ्खलामा नेपाल अमेरिका र स्कट्ल्यान्डसँग २–२ खेल खेल्दै छन्।

आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।  नेपालले शनिबार अमेरिका र सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका छ। १० खेल खेलेको नेपालको यो दोस्रो जित हो। नेपालको ५ अंक भएको छ भने तालिकाको ७औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation