Pranmancha

Advertisment

SKIP THIS

आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली

१५ कार्तिक, काठमाडौँ 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पैसाले पार्टी कार्यालय खोलेका नेपालका राजनीतिक पार्टी देखाउन चुनौती दिएका छन्।

सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा गरेको देउसी कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको विषयलाई चौतर्फी आलोचनाका बीचमा प्रधानमन्त्री ओलीले कुनै राजनीतिक दललाई एकजना व्यक्तिले सहयोग गर्न पनि पाउँछ भने समूहमा पनि सहयोग गर्न पाउने जिकिर गरे।

प्रधानमन्त्री ओलीले भने, ‘जुनसुकै राजनीतिक दललाई जसले पनि मन देखि सहयोग गर्न पाउँछ।’

प्रधानमन्त्री ओलीले नेपालमा निराशाको वातावरण नभएको समेत जिकिर गरे। उनले देश समृद्धिको पथमा हिँडिरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation