लुम्बिनी प्रदेशमा हिजो रातिदेखि बर्षा अन्य प्रदेशहरुमा पनि बर्षाकाे सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै, राति पनि वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अर्थात नेपालतर्फ रहेको छ । यसले गर्दा मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा ठूलो पानी पर्ने सम्भावना हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation