२८ कार्तिक, धनकुटा
डेंंङ्गु संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।
डेंंङ्गु संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।
धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डाक्टर कृष्ण पौडेलको डेंङ्गुको संक्रमणका कारण निधन भएको छ।
पौडेलको मोरङको बुढीगंगा विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केही दिनदेखि ज्वरो आएपछि धनकुटा जिल्ला अस्पताल पुर्याएकामा अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो।
पौडेल अनुसन्धान केन्द्रमा वैज्ञानिक अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत थिए। फलफूल विशेषज्ञ रहेका पौडेल पाख्रीबास नगरपालिका–३ चेतनामार्गका स्थायी बासिन्दा हुन्। उनका दुई सन्तान तथा श्रीमती छन्।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2024 Pranmancha All right reserved Site By : Himal Creation