अखिल क्रान्तिकारीले तोक्यो चुनावी कमाण्डर!

मंसिर १,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले चुनावी कमाण्डर तोकेको छ।शनिबार नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश संसदीय दलको कार्यलयमा संगठनका प्रदेश अध्यक्ष पुष्कर शर्माको अध्यक्षतामा बसेको दोस्रो कार्यालय बैठकले यहि मंसिर १६ गते हुन गईरहेको स्थानीय तहको उप निर्वाचनको लागि चुनावी कमान्डर तोकेको हो।

उक्त उप निर्वाचनको लागि उपचुनाव हुने सम्बन्धित जिल्लाको लागि कार्यविभाजन गरिएको छ।रुन्टिगढी गाउँपालिका-४ रोल्पामा पुष्कर शर्मा,गिर बहादुर महरा,मिना डाँगी,मदन जिएम र किरण घर्तीलाई जिम्मेवारी तोकिएको छ।त्यस्तै पुथा उत्तरगंगा गाउँपालिका रुकुम पुर्वमा जयकुमार श्रेष्ठ र मदन रावललाई,मुसिकोट नगरपालिका-१ गुल्मिमा रमेश पाण्डे,सपन पौडेल,सन्ध्या पाण्डे र सागर न्यौपानेलाई,सुद्धोदन गाउँपालिका कपिलवस्तुमा कपिल चापागाईं,कमल बन्जाडे,खेम कवर र भागिरथी हर्जिनलाई जिम्मेवार तोकिएको छ भने ठाकुरबाबा नगरपालिका-४ बर्दियामा प्रतिक अधिकारी,महेश बस्नेत,ललित विष्ट र सन्तोष शर्मालाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष पुष्कर शर्माले बताउनुभयो।

दोस्रो कार्यालय बैठकले २३ औं केन्द्रिय सम्मेलनको समिक्षा, दोस्रो प्रदेश सम्मेलनको समिक्षा तथा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रदेश पदाधिकारीको जिम्मेवारी बाँडफाँड तथा जिल्ला कमिटीलाई निर्वाचनमा लाग्न निर्देशन ,संगठनको आर्थिक कारोबार बैंक मार्फत गर्ने , पदाधिकारी र सदस्यहरुको नियमित लेबि निर्धारण र मंसिर २३-२४ गते हुने केन्द्रिय अधिबेशनको बन्द सत्रको विषयकमा महत्त्वपूर्ण छलफल र निर्णय गरेको छ ।

नेकपा ( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समितीका उपाध्यक्ष लुमाकान्त न्यौपाने ‘सागर’ को प्रमुख आतिथ्यता नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचीव तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज कृष्ण अधिकारी  ‘प्रकाश’ को विशेष आतिथ्यता रहेको उक्त बैठकमा,विद्यार्थीका सम्पूर्ण कार्यालय टिमको उपस्थिति रहेको प्रमुख सचिब महेश बस्नेतले बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2024 Pranmancha All right reserved Site By : Himal Creation