Pranmancha

Advertisment

SKIP THIS

बालिकालाई बलात्कार गर्ने बर्दियाका दुई बलात्कारी पक्राउ

बर्दियामा मध्यरातीमा एक बालिका बलात्कृत भएकी छन् । बढैयाताल गाउँपालिका–५ फूलबारीस्थित सडक बाटोमा नै १६ वर्षीया बालिका बलात्कृत भएकी हुन ।

बालिका बुधबार साँझ मानखोला ९बाँके र बर्दियाको सीमामा पर्ने नदी हुँदै बढैयाताल दिदीघरमा जाँदै थिइन । सोहि समयमा बाँकेको बैजानाथ गाउँपालिका–८ बस्ने ३० वर्षीय राजेश मंगता र सोहि ठाउँका २० वर्षीय रोहन खटिक भेटिएका थिए ।

साँझ परेकाले दिदीघरसम्म पुग्नलाई बालिकाले यी दुई युवकलाई साथी सम्झिएकी थिइन । तर यी मंगता र खटिले दुई युवकले ढिलाढिला गरेर रात नै पारेर बालिकलाई बलात्कार गरेका हुन ।


उनीहरुले बालिकालाई विहीबार राती १२स्३० बजे बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताउनुभयो । ुमानखोलाबाट साथी बनेका दुई युवकले बालिकालाई हामी पु(याइदिन्छौँ भन्दै ढिलाढिला गरेको खुल्न आएको छ,ु उहाँले भन्नुभयो, ुराती भएपछि जबरजस्ती सडकमै बालिकालाई करणी गरेछन् ।ु

बालिकाले आफूमाथि बालात्कार भएको भन्दै विहीबार विहान पौने ७ बजे ईलका प्रहरी कार्यालय मैनापोखरमा जानकारी गराएकी थिइन । त्यसपछि खोजतलासमा निस्किएको प्रहरीले दुई युवक ९मंगता र खटिक० लाई बर्दियाको गुलरिया नागरपालिका–२ डल्लापुरबाट सोहि दिन नै पक्राउ गरेको थियो ।

पक्राउ परेका दुई युवकमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

यसैबीच बालिका र ती युवकहरुबीच चिनजान नभएको बुझिएको उहाँले बताउनुभयो । बालिकाको घर बाँके भएको र दिदीघरमा हुर्किएको पनि उहाँको भनाई छ । घरबाट दिदीघर जाँदै गरेकी बालिकालाई मध्यरातीमा बलात्कार भएर युवक फरार भएका

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation