आजको समय वैचारिकी महासंकटको बिचबाट रुमल्लीरहेको छ । आधुनिक समाजको विकास भएदेखि समाजमा वैचारिक संघर्ष अध्यात्मवाद र भौतिकवादबीच थियो, छ र हुनेछ । हजारौँ वर्षदेखि संसारभर अध्यात्मवाद र द्वन्दात्मक ऐतिहासिक भौतिकवाद (भौतिकवाद÷विज्ञान) बीच भीषण संघर्ष भयो । सयकडौँ मानिसहरुको प्राण गयो यी दुई दर्शनको भीषण टक्करमा । अध्यात्म (धर्मं) वाद कल्पना हो, कथा हो, मिथक हो र निहित स्वार्थको लागि तथाकथित शाषकहरुले जनतामाथि लादिएको षड्यन्त्रको महाजाल हो । तर भौतिकवाद विज्ञान हो, मानव जीवनको पलपलको अनिवार्य आवश्यकता हो, खोज÷अन्वयषण हो, तथ्य हो, प्रमाण हो र आजको दुनियाँलाई सूचना÷प्रविधिको क्रान्तिमा ल्याइदिएको पनि विज्ञानले नै हो ।
खाुसगरी अबोध मान्छेका सीमा, दुर्बलता र दोषलाई बुझेपछि, परीक्षाका घडीहरूमा मान्छेलाई बहादुरीका साथ सामनाका लागि उत्साहित गर्न, सबै खतराहरूसँग साहसका साथ झेल्न तथा सम्पन्नता र ऐश्वर्यमा उसका खुसीलाई बाँध्नका लागि ईश्वरको काल्पनिक अस्तित्वको रचना भयो। आफ्ना व्यक्तिगत नियम तथा अभिभावकीय उदारताले पूर्ण ईश्वरको बढाइ–चढाइ गरी कल्पना एवं चित्रण गरियो। जब त्यसको उग्रता तथा त्यसमै आधारित व्यक्तिगत नियमहरूको चर्चा हुन्छ, तब त्यसको उपयोग भय देखाउनका लागि गरिन्छ । ताकि कुनै मनुष्य समाजमा लागि खतरा नबनोस्। यो कुरा अधिकांश मानिसहरुलाई ज्ञान पनि छ तर उनीहरु बाउबाजेले गरिरहेको रिती–थिति किन छोड्नु भनेर उही कुकृत्य अंगालिरहेका छन् । विज्ञानको खोज र आविष्कारबिना कुनै स्टेप चाल्न नसकिने विषय छर्लङ्ग हुँदा पनि दोग्ला चरित्रमा रमाइरहेको उक्त तप्का बेसरम अध्यात्मवादको पगरी गुथेर आफूलाई नारकीय जीवनमा परिणत गरिरहेको छ समाज । संसार धार्मिक बजारवादमा यसरी फस्यो की अब सबथोक धर्म हो, भगवान हो ।
महान दार्शनिक कार्ल माक््रले विकास गरेको भौतिकवादी दर्शनलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउने कम्युनिस्ट आन्दोलन अस्तित्वमा आएपछि नास्तिकले कम्युनिस्टहरू भौतिकवादी विश्वदृष्टिकोणसहितका नास्तिकताको विकास भयो । पुँजीवादविरोधी नास्तिक चिन्तन माक््रवादबाट विकसित भएको हो । तत्कालिन बोल्सेभिक क्रान्तिका कार्यकर्ताहरू कस्ता थिए भन्ने एउटा चित्र म्याक्सिम गोर्कीको ’आमा’ उपन्यासमा देखिन्छ । नायक पात्र पावेल भ्लासभ नास्तिक छ । आमा क्रान्तिकारी भएपनि आस्तिकतामा झुकाव देखिन्छ । दुवै कम्युनिस्ट राजनीतिक क्रान्तिमा निष्ठावान् रहन्छन् ।
मान्छे जब आफ्नो खुट्टामा आफैं उभिने प्रयास गर्छ, यथार्थवादी बन्छ तब उसले श्रद्धालाई एकातिर फ्याँकिदिनुपर्छ र ती सबै कष्ट र समस्याहरूको साहस र हिम्मताका साथ सामना गर्नुपर्छ। जसमा परिस्थितिले उसलाई पछार्न सक्छ। आज मेरो यही स्थिति छ। र, यो मेरो अहङ्कार हैन। मेरा मित्र! यो मेरो सोच्ने तरिका हो। यही सोचले नै मलाई नास्तिक बनायो। ईश्वरमा विश्वास र दिनदिनैको प्रार्थनालाई म मनुष्यका लागि सबभन्दा स्वार्थी र बेकारको काम मान्दछु। मैले ती नास्तिकहरूका बारेमा पढेको छु–जसले सबै विपत्तीहरूको बहादुरीका साथ सामना गरे। अतः म पनि एउटा साहसी मान्छेझैँ फाँसीको फन्दाका अन्तिम घडीसम्म शिर उँचो गरेर उभिइरहन चाहन्छ ु।नास्तिक र आस्तिकको कम्युनिस्ट आन्दोलनमा सहभागिताको चरित्र आजसम्म यस्तै रहँदै आयो । जब आस्तिक सामाजिक संगठनको संरचनाले उसको नास्तिकतालाई बेर्दै अधबैंसे उमेरमा पु¥याउँछ, तब हिजोको भावुक विद्रोही नास्तिक युवा ‘नसकिने रहेछ’ भनेर आस्तिक संस्कृतिको कलपुर्जामा ढालिन्छ । विगतमा निष्ठापूर्वक नास्तिकताका पक्षमा व्यवहारमा उत्रेका कम्युनिस्टहरू जो पछि आस्तिक बन्छन्, तिनीहरूमध्ये धेरैजसो यस समूहका देखिन्छन् । समयक्रमसँगै समाजलाई अग्रगामी संरचनामा बदल्नुपर्ने हुन्छ जसको लागि एक्लाएक्लैले सम्भव नभएकोले सामूहिक धक्काको आवश्यकता हुन्छ । त्यसका निम्ति कुनै न कुनै रूपको संगठन हुन जरुरी हुन्छ तर विश्वदृष्टिकोण नै नयाँ अपनाउने नास्तिकहरूको संगठन चाहिँ शसक्त देखिँदैन । हजारौँ वर्षदेखिको फगत विश्वास र अन्धतामा आधारित आस्तिकतालाई चुनौती दिन नास्तिकताको न्यायपूण आन्दोलनमा सबै जोडिन जरुरी छ ।