Pranmancha

Advertisment

SKIP THIS

एनपीएल: लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य

नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ७ विकेट गुमाएर  १९१ रन बनाएको हो। लुम्बिनीका लागि सर्वाधिक रन कप्तान रोहित पौडेलले बनाए। कप्तान पौडेलले दुई छ्क्का र चार चौकाको मद्दतले ४६ रन बनाएका थिए। उनले २९ रनको सामना गरे।

आशुतोष घिरौया २ चौका र १ छ्क्का हान्दै १२ बलमा १५ रन बनाउँदै पेभेलियन फर्किए। ३.१ ओभरमा उनी रन आउट भएका थिए। ७.२ ओभरको खेल हुँदा  लुम्बिनिको ६४ रन पुगेको थियो। तर अर्जुन साउद आउट भए।  १९ बल खेलेका साउद १७ रन बनाउँदै आलम इस्मातुल्लाहको बलमा आउट भएका हुन्। उनले तीन चौका प्रहार गरे। लगत्तै टम मुर्स पनि प्रतिश जिसीको बलमा रन आउट भए। उनले एक छक्का र ३ छ्क्काको मद्धतले १६ बलमा ३० रन बनाए।

सन्दीप जोरा १३ बलमा १२ रन बनाउँदै रन आउट भए। उनलाई निकोलस किर्तनले आउट गरेका हुन। साफ जफरलाई कप्तान सन्दिप लामिछानेले आउट गरे।  १३ बलमा १५ रन बनाएका उनलाई लामिछानेको बलमा मार्टिन गुप्टीलले आउट गर्दै पेभेलियन फर्काए।  लगत्तै बेन कटिङ ६ बलमा ६ रन बनाउँदै रन आउट भए। विराटनगरबाट सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले समान एक एक विकेट लिए। लुम्बिनीले एक्स्ट्रा रन मात्र २९ प्राप्त गर्‍यो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation