सिंचाइ कुलाेले बगाउँदा घाेराहीमा एक बालिकाकाे मृत्यु

जिल्लाकाे घाेराही उपमहानगरपालिका १० स्थिति चारबगीया टाेलमा सिंचाइ कुलाेले बगाउँदा शुक्रबार एक बालिकाकाे मृत्यु भएको छ ।

अामाले भान्सामा काम गरिरहेकाे समयमा बच्चा बाहिर करिब ४ बजेतिर खेल्दै गर्दा कुलाेमा खसेकाे र साही कुलाेले बगाउँदा ३ वर्षकी बालिकाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चारवगिया टाेल निवासी लवेश पुनमगर तथा बिन्दु पुन मगरकि एकल सन्ततिकाे रुपमा रहेकी ३ बर्षिय छाेरी लेविस्ना पुनमगर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेस काफ्लेले जानकारी दिएका छन् ।

काफ्लेका अनुसार सिंचाइ कुलाेले बालिकालाई ५ सय मिटर बगाएको र स्थानीयले शव भेटाएर प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation