Pranmancha

Advertisment

SKIP THIS

नगरप्रमुख योगीद्वारा ५० विपन्न परिवारलाई खाद्यान्न एवं न्यानो कपडा हस्तान्तरण

विजुवार,१० बिहिवार।प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले प्यूठान नगरपालिकाका विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई बिहिवार एक कार्यक्रमकाबिच राहत वितरण गर्नुभएको छ। चिसो मौसम र विपन्न परिवारलाई अभाव भएको बेला नगरप्रमुख योगीले नगरपालिको वडा नं-५ ढुंगेठाटीका ५० जना विपन्न  र मजदुरलाई मेयरकोष मार्फतबाट १ लाख ७५  हजार बराबरको खाद्यान्न र न्यानो कपडा वितरण गर्नुभएको हो।
खाद्यान्न मेयरकोष मार्फत वितरण गरिएको हो भने ५० वटा स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वयमा वितरण गरिएको हो।

ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर नगरप्रमुख योगीले  बिहिवार राहत वितरण गर्नुभएको हो ।
उहाँले प्रति परिवारलाई १ बोरा चामल र १ जोर स्लिपिङ ब्याग वितरण गर्नुभएको छ । नगरप्रमुख योगी समाजसेवामा समेत निकै सक्रिय हुनुहुन्छ । उहाँले विपतमा परेकाहरुको लागि जहिल्यैपनि साथ दिँदै आउनुभएको छ ।मेयरकोष मार्फत पछिल्लो समयमा नगरपालिकाभरका विद्यालयहरुमा न्यानो कपडा वितरण गर्दै आउनुभएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख योगीले नगरपालिकामा सुखी जनता समृद्ध नगर निर्माणका निम्ति अहोरात्र खटिरहेको बताउनुभयो।नगरपालिकाका १० वटै वडामा महत्त्वपूर्ण ढंगले जनतामा लैजाने विकास र शिक्षाका क्षेत्रमा जागरुक भई लागिरहेको समेत योगीले बताउनुभयो।उहाँले भन्नुभयो ‘जनताको मुद्दालाई प्राथमिकतामा राखी स्थानीय सरकारको प्रत्याभूति गराईरहेका छौं,सबैको साथ सहयोगको अपेक्षा गर्दछु।’

खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नगरप्रवक्ता सुमनराज श्रेष्ठले नगरपालिकामा सबै जनताले देखिनेगरी काम गरिरहेको बताउनुभयो।उहाँले भन्नुभयो ‘नगरपालिकाबाट सबै वडाहरुमा प्रभावकारी ढंगले काम गरिरहेका छौं,विशेष क्षेत्र पहिचान गरि निरन्तर जनतासँग जोडिरहेका छौं।

प्यूठान नगरपालिका वडा नं-५ का अध्यक्ष नन्दे पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख विष्णु योगीको प्रमुख आतिथ्यता,नगरप्रवक्ता सुमनराज श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो। त्यस्तै सक्रिय राजनीतिक दलका नेताहरु,वडासदस्यहरु,समाजसेवी एवं पत्रकारहरुको आतिथ्यता रहेको नगरप्रमुखका स्वकीय सचिव पुष्कर शर्माले बताउनुभयो।

तस्बिरहरु हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation