Pranmancha

Advertisment

SKIP THIS

हतियार कारखानामा विस्फोट, आठजनाको मृत्यु

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए। विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुर फसेका थिए।

अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ।

विस्पोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation