Pranmancha

Advertisment

SKIP THIS

आज यी प्रदेशमा हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हुस्सु कुहिरो र  हिमपातका कारण पर्नसक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation