Pranmancha

Advertisment

SKIP THIS

सुदूरपश्चिमका सांसदहरूसँग छलफल गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् ।

तराई-मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् । उनको सचिवालयका अनुसार आज (बुधबार) नै प्रचण्ड फर्किनेछन् र बिहीबार सुनसरीमा आयोजित अभियान अन्तर्गतका कार्यक्रममा सरिक हुनेछन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ । १२ माघ २०८० मा बहुमत सासंदहरूले संसदीय दलका नेताबाट खगराज भट्टलाई हटाएर मानवहादुर धामीलाई बनाएका थिए । त्यसयताको विवाद मिलेको छैन ।

विवाद मिलाउन खगराजलाई दलको नेता भन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय भएता पनि विवाद मिलेको छैन । माओवादी अध्यक्ष प्रचण्डले भने खगराजलाई नै दलको नेता बनाउन आग्रह गर्दै आएका छन् ।

बुधबार पनि दलको नेताको विषयमै छलफल हुने नेताहरू बताउँछन् । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना सासंद छन् । ५३ सदस्यीय सभामा कांग्रेस पहिलो दल हो ।

कांग्रेसका १८ जना सांसद छन् । त्यसपछि माओवादी र एमालेका ११/११ जना सांसद रहेका छन् । नाउपाका ७ जना सांसद छन् । एकीकृत समाजवादीका चार जना सांसद छन् । राप्रपाका एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation