Pranmancha

Advertisment

SKIP THIS

जंगलमा घाँस काट्न गएका महिला-पुरुष मृत फेला

खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन्।

वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताए।

डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ।

सोही गाउँका अन्दाजी १९÷२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन्। महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा शिखर मृत फेला परेका हुन्।

मृत भेटिएकी महिला विवाहित हुन्। उनको दुई वर्षको छोरीसमेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

मृत भेटिएका महिला र पुरुष दुवै जना जङ्गलमा घाँस काट्न गएका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation