Pranmancha

Advertisment

SKIP THIS

भीडभाडलाई मध्यनजर गरी रमना पाठशालाकाे निशुल्क स्वास्थ्य शिविर

१५ फागुन, दाङ

घाेराही १२ रमनामा रहेकाे रमना पाठशालाले शिवरात्रीकाे अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वकाे कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ ।

रमनामै रहेकाे अटल युवा क्लबकाे प्राङ्गणमा आयाेजित शिवरात्री विशेष सांस्कृतिक कार्यक्रमा आउने दर्शनार्थीहरुलाई मध्यनजर गरी संगम पाेलिक्लिनिककाे सहआयाेजनामा विद्यालयकाे तर्फबाट निशुल्क स्वास्थ्य चेकजाँच तथा औषधिकाे व्यवस्था गरिएको साे विद्यालयका स्वास्थ्य व्यवस्थापन प्रमुख टिकाराम खड्काले बताए ।

राष्ट्रिय र स्थानीय कलाकारहरुकाे जमघट गरेर सांगीतिक प्रस्तुति दिइएको साे कार्यक्रममा विद्यालयकाे स्वास्थ्य शिविरबाट दिनभर ३५० बढीलाई स्वास्थ्य सेवा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सामीन जय बुढाले बताए ।

विद्यालय शैक्षिक पठनपाठनकाे अलावा सामाजिक कार्यहरुमा पनि निरन्तर लागिरहेकाे सामीनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation