कानुनको धज्जी उडाउने निहारीका फार्मेसीको बेथितिप्रति मेडिकल काउन्सीलको अल्टिमेटम, नसच्याए कारबाहीको चेतावनी

प्युठानको जुम्री स्थित निहारिका फार्मेसीका संचालक ओमहरी भट्राइले अवैधानिक रुपमा राखेको सुचना बोर्ड तथा उनले प्रवाह गरेको सेवाका विषयमा नेपाल मेडिकल काउन्सील तथा औषधि व्यवस्था विभागको प्रचलित ऐन कानुनको विपरित भएको ठहर गर्दै नेपाल मेडिकल मेडिकल काउन्सील तथा औषधि व्यवस्था विभागले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ऐन कानुनको धज्जि उडाउँदै राखिएको उक्त बोर्ड २४ घण्टा भित्र हटाउन पनि अल्टिम्ेटम दिइएको नेपाल मेडिकल काऊन्सिल एनएमसीकी केन्द्रीय सदस्य, डा. तोशिमा कार्कीले बताएकी छन् ।
विना सरसल्लाह अनाधिकृत रुपमा ओमहरीले होडिङ बोर्डमा नाम राखिएको प्रति नाम उल्लेख गरिएका डाक्टरहरुः प्रकाश जिसी, युयुत्सु केसी लगाएतले पनि आफ्नो नामा तत्काल हटाउन निर्देशन दिएका छन् । उता मेडिकल काउन्सीलले २४ घण्टाभित्र बोर्ड नहटाएमा कानुन बमोजिम कारबाही थालिने जनाएको छ ।

ओमहरीले सिएमए, ल्याब, आयुर्वेद अहेव, प्राणायामका एकीकृत डाक्टरदेखि दर्तावाल एमबिबिएसको गोलबजारमा ठगी गरेका कुरा डाक्टर्स सोसाइटी अफ नेपाल नामको फ़ेसबुक ग्रुपमा डाक्टर अजय पराजुलीबाट पोष्ट भएको छ । प्यूठानका वरिष्ठ पीएचडीधारी डाक्टर ओमहरि भट्टराईद्वारा संचालित निहारिका आयु फार्मेसी, स्वाभिमान फार्मेसी र भट्टराई प्याथोलोजीको कर्तुत २३ हजार भन्दा बढी सदस्य रहेको उक्त ग्रुपमा सार्वजनिक वहर भइरहेको छ । डाक्टर भट्टराईलाई मेडिकल ईथिक्स चिकित्सकीय नैतिकता बेगरको ठगी भन्दै अपशब्दको टिप्पणी गर्नेलाई पनि मेडिकल काउन्सीलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अनाधिकृत औषधिको बेचबिखन, गलत परामर्स गरेर स्वास्थ्यमा प्रतिकुल असर पार्ने औषधि दिएर बिरामीलाई मृत्युको मुखमा पु¥याउने, लाइसेन्स तथा दर्ता विना नै एलोपेथिक र आयुर्वेद मेडिकल संचालनको मुद्दामा पटकपटक विवादमा आइरहने चर्चित डाक्टर भट्टराईको यो गोरखधन्धा प्रदेश स्वास्थ्य निर्देशनालय, स्थानीय निकायमा दर्ता भए नभएको हो या बंगाली बाबुको भरमा चलाईएको हो प्रष्ट छैन । पीचडी ज़स्तो डिग्रीधारीले एक महिने ओरिन्टेशनले संचालन गर्न पाउने मेडिकल पसल चलाउनु अझ ठगी गर्नुले नेपालको शिक्षा प्रणालीको चीरहरण नै गरेको छ ।

डाक्टर अजय पराजुलीले सिएमए, ल्याब, आयुर्वेद अहेव, प्राणायामका एकीकृत डाक्टरदेखि दर्तावाल एमबिबिएसको गोलबजारमा ठगी कहिलेसम्म गर्ने ? भनेका छन् भने डाक्टर विकाश सिटौलाले अपशब्द नै प्रयोग गरेका छन् । डाक्टर भट्टराईको शैक्षिक उपाधिमा सीनियर क़ुनै सरकारी संघ संस्थाले प्रदान गरेको हो या खुराफातमा अनुभव वृद्धि हुँदा स्वतः सीनियर भएको हो खुलेको छैन । यो सोचनीय विषय हो ।
अर्कों कुरा चिकित्सा क्षेत्रको आईए वा सो सरह प्रमाणपत्र तहको पनि अध्ययन नगरेका डाक्टरको रजगजले समग्र प्यूठानको स्वास्थ्य क्षेत्रको जर्जरतालाई उठान गरेको छ । भने उनको गैरजिम्मेवारीको हद नाघेको छ ।

त्यसैगरि डाक्टर युयुत्स केसीले एमबिबिएस हुँदैमा फिजिसियन लेख्न हुने नहुने निरुत्तरित नै छ । फिज़िशियनर सर्जन र विशेषज्ञ जस्ता उपाधि चिकित्सा क्षेत्रको स्नातकोपाधि पश्चात लेखिन्छ ।

लुम्बिनी संस्कृत विश्वविद्यालयबाट एमबिबिएस हाँसिल गरेर दर्तावाल डाक्टर अच्युत रिजालले सबैलाई आश्चर्यचकित पारेका छन् । उक्त विश्वविद्यालयमा एमबिबिएसको अध्यापन नै गराईदैन भने नेपालमा नामको दर्ता परिषद पनि छैन भने निजलाई इंगित गर्दै डाक्टर सुबेदी नविनले आयुर्वेद डाक्टरलाई कति रहर लागेको हो एमबिबिएस लेख्न भनेर सोधेका छन् । स्वास्थ्यकर्मीले अर्थ्याउन मुश्किल महेश कुमार कक्षपतिको उपाधि त्यति बिश्वासीलो छैन तथापि हामी कहिलेसम्म यस्ता झारफुके डाक्टरको भरपर्ने यसमा स्थानीय सरकार र जनता सचेत रहन ज़रूरी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation