
साउन ३१ राेल्ल्पा-राेल्पा जिल्ला राेल्पा नगरपालिका १० मा अरिङ्गालले टाेकेर एक जनाको ज्यान गएको छ
रोल्पा जिल्ला राेल्पा नगरपालिका वडा नम्बर –१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टाेकेर ज्यान गएको हो । साेमबार साँझ घर नजिकै भरेएपु स्थित जङ्गलमा गाेएर अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरका विभिन्न अङ्गमा टाेक्दा उहाँ घाइते हुनुभएकाे थियाे । उहाँकाे रोल्पा जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।