Pranmancha

Advertisment

SKIP THIS

“तराईको सिरानी”(कविता)

प्रिय उँभो देश
तिमीले माथिबाट
हिमालको हवा सोहोरेर तराईमा पठाईदिन्छौ र त
तराइले शीतलता चुमेको छ

प्रिय उँभोदेश
तिमीले चुरे रसाई दिन्छौ र त
तराईले जल सेचन गरेको छ
गहरा र खेत हराभरा तिम्रै देन सम्झेको छ

प्रिय् उँभोदेश
तिम्रो समीप गुराँस मुस्कुराउँदा
न्यानो हुन्छ हृदर र त
हवाले शरीरमा स्पर्श गर्दा
मनले चन्चलता पाउछ र त
तिम्रो काख न्यानो लाग्छ
प्रिय् उँभोदेश

लाग्छ तिमी छौ र त
तिमी सहर्सिन्छौ र त
हामी रसाएका छौँ
जुन दिन तिमी रसाउन छोड्ने छौ
जुन दिन तिमीले हिमालको सिरेठो
चोर्न छोड्ने छौ
त्यो दिन म यानिकी तराई
केवल अस्तित्व विहीन बन्नेछु
कङ्क्रीट र वालुवामा सीमित हुनेछु

त्यसैले प्रिय उँभोदेश
तिमी कहिल्यै थाक्ने छौनौ
अनवरत चिमाली पङ्ख घुमाउन
तिमी कहिल्यै चुक्ने छैनौ
चुरे रसाउन

प्रिय उँभोदेश
तिमी सिरान बन्यौ र त
तराईले अडेस लगाएको छ
आफू ढाड बनेर प्रकृति सजाएको छ

प्रिय उँभोदेश
मैले भन्दा वेसि
तिम्रो भाका कोईलिले भाक्नेछ
न्याउलिले औंरास्ने छ
तिमी युगौ युग रसाई रहनु
चिमाली र गुराँस झुलाई रहनु
म दुर देशबाट
तिम्रो स्पर्शमा हराईरहने छु
प्रिय उभोदेश

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation