माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङ

भदौ ४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन्

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् ।

यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ ।

कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ । बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

एउटै पदमा आकांक्षी बढी भएपछि माओवादीमा लामो समयदेखि पदाधिकारीबारे विवाद रहँदै आएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation