नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै घोषणापत्र लिएर चुनाव लड्ने

काठमाडौँ । आगामी मंसिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ ।

सोमबार ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउनेबारे निर्णय गरेको हो ।

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार केही दिनभित्रै पार्टी एकताका लागि एकता संयोजन समिति बनिसक्नेछ । नेकपा एकीकृत समाजवादीले भने यसअघि नै बनाइसकेको छ । योसँगै अब माओवादी केन्द्रको पनि बन्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation