विप्लवले गरे सुरक्षागार्ड फिर्ता

भदौ ८ दाङ।

नेपाल कम्युनिस्ट पार्टीका महासचीव विप्लवले आफुसँग रहेका सुरक्षा गार्ड(पीएसओ) फिर्ता गरेका छन् । विप्लवलाई नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै फिर्ता गरे पनि हाल सम्म एक जना नेपाल प्रहरीका असई विप्लवसँग रहेका थिए ।

महासचीव विप्लवले आफुसँग रहेका पीएसओलाई धन्यवाद सहित विदा गरेका छन् ।नेकपाको केन्द्रीय कार्यलयले उक्त कुरा पुष्टी गरेकोछ । गत साउनमा ललितपुर जिल्ला अदालतबाट महासचीव विप्लव लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि नेकपाले र सरकार तीन बुदेँ सहमतिमा इमान्दार नभएको आरोप लगाइरहेको छ ।

पुर्जी आदेशको विरोध, राजबन्दीहरुको रिहाई र मुद्दा खारेजी, महंगी विरुद्ध नेकपा सहितको ४ दलीय मोर्चा आन्दोलनरत रहेकोछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation