दाङमा अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

९-भदौ/ दाङ

तुलसीपुर प्रहरीले २२० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका साढे ८ बजेतिर तुलसीपुरबाट २२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका-५ लोकनगर घर भैइ हाल तुलसीपुर उपमहानगरपालिका ६ कालिका मन्दिर नजिक ससुराली आएका २९ वर्षीय मान बहादुर गन्र्धभ रहेका छन् । गन्धर्भलाई सोधपुछ गर्दा लागूऔषध तुलसीपुर ६ बरुवागाउँ निवासी ३० वर्षिय अनिल विकसंग खरिद गरेको भन्ने वयान दिएपछि विकलाई पनि पक्राउ गरिएको डिएसपी मल्लले बताए ।

गन्धर्भलाई तुलसीपुरको गार्डेन मार्ट नजिकबाट र विकलाई तुलसीपुरको ‘ग’ लाईनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation