म्यादी प्रहरी छनाेट प्रक्रिया दशैअघी नै थालिने

भदौ २१, काठमाडौ । प्रहरी प्रधान कार्यालयले दशै अगाडि म्यादी प्रहरीको छनोट गर्ने गरि प्रक्रिया अघि बढाएको छ ।

प्रहरी प्रबक्ता डिआइजी टेक प्रसाद राइले जिल्ला जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर म्यादी प्रहरी भर्ना सम्बन्धि प्रक्रिया तथा जिल्लागत रुपमा संख्या निर्धारणको काम दशै अगाडी नै सकिने र नतिजा दशैपछि प्रकाशन गरिने बताए ।

केन्द्रिय सुरुक्षा समितीको निर्वाचनमा चार वटै सुरुक्षा निकायबाट करिब पौने २ लाख सुरुक्षाकर्मी र १ लाख १५ हजार म्यादी प्रहरी खटाउने गरि सुरुक्षा कार्यविधीलाइ अन्तिम रुप दिन लागेको छ ।

सोही क्रममा सोमबार गृह मन्त्रालयले म्यादी प्रहरी छनोट सम्बन्धि कार्यविधी पारित गरेको छ । कार्यविधीमा म्यादी प्रहरीको कार्यविधी ४० दिनको हुनेछ ।

प्रहरी प्रबक्ता डिआइजी राइका अनुसार भदौ २६ मा म्यादी प्रहरि भर्ना सम्बन्धि सुचना प्रकाशन, असोज ७ मा सम्पर्क मिति असोज ९ देखि १४ सम्म छ्नोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्नेगरि कार्यतालिका बनाइएको छ ।

छ्नोट भएका म्यादीलाई असोज २६ र २७ गते नियुक्ति पत्र दिइने र असोज ३० देखि कार्तिक ८ गतेसम्म तालिम सम्पन्न गरि त्यसको भोलीपल्ट प्रहरीको नेतृत्वमा सुरुक्षा डिउटी खटाइने छ ।

उनिहरु निर्वाचन सकिएको ४ दिनपछी मंसिर ८ गते प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तयार गरिएको प्रहरीलेले जनाएको छ । म्यादीकोलागि प्रहरी जवानको सुरु तलबमान सरह ४० दिनको ३४,७६० तलब रासन बाफत ७,२०० पोसाक भत्ता ६,००० एक पटककोलागि प्रतिब्यक्ती १,००० यातायात खर्च दिइने छ । म्यादी प्रहरी छनोटमा पुर्व सुरुक्षाकर्मी तथा विगतका निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकतामा राखिने कार्यविधिको मापदण्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation