रुकुममा सवारी गाडी दुर्घटना हुँदा ४ काे मृत्यु, ११ घाइते

रुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे गाउँपालिका ३ मा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म एक जना बालक सहित ४ जनाको मृत्यु भएको प्रहरिले जानकारी दिएको छन् । दुर्घटनामा १३ जना घाइते मध्य ३ जनाको अवस्था गम्भीर पनि प्रहरीले जनाएको छ । घाइते सबैलाई रुकुम पुर्व अस्पतालमा ल्याइएको छ । गाडिमा १७ जना सवार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डागिँले जानकारी दिनुभयो । गम्भीर घाइतेको उपचारको लागि हेलिकप्टरमार्फत नेपालगन्ज रिफर गरिएको नरसिंङ दल गुल्मका सेनानी बाबुलाल जिसिले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा सिस्ने गाउँपालिका ६ छिप्रिदह कि ४० वर्षीया लक्ष्मि खड्का, सिस्ने ६ का ३ वर्षीय सिजन खड्का, बर्ष २६ का रामेछाप घर भएका ( गाडी चालक) रहेका छन् । त्यस्तै पुथा उ.गा.पा.८ चारगाउँका बर्ष ३५ वर्षीय पुर्ण बहादुर बुढा, भुमे गा.पा.५ डालिवाङका २३ वर्षीय बुद्विमान बुढा रहेका छन् ।

गम्भीर अवस्थामा रहेका ४ जना लाल ब.खड्का बर्ष ३६ सिस्ने गा.पा.६ छिप्रिदह, डम्मर नेपालि बर्ष ३५ आठबिसकाेट न.पा. पश्चिम रूकुम, निरूता थापा बर्ष १९ सिस्ने ५ पाखागाउँ, साईमन खड्का बर्ष ९ सिस्ने गा.पा.६ छिप्रिदहलाई जिल्ला अस्पताल रूकुमकाेटबाट नेपाली सेना काे NA-०६१ नम्बरकाे हेलिमा थप उपचारका लागि नेपालगञ्ज लगिएकाे छ ।

अन्य घाइतेहरु सुनिल पाैडेल बर्ष १९- बाग्लुङ, शक्ति बुढा- बर्ष ३२ भुमे गा.पा.३ सिमा, भरत बुढा- बर्ष २२ पुथा गा.पा., खगेन्द्र बुढा बर्ष २९ भुमे ५ डालिवाङ्ग, माेहन बुढा बर्ष ६१ भुमे गा.पा.८ काेर्जा, घमण्ड खड्का बर्ष २१ मुसिकाेट नगरपालिका ११ भलाक्चा पश्चिम रूकुम,किसान क्षेत्रि बर्ष २२ गुल्मि, सुवर्ण बुढा बर्ष १९ रूकुम घर भएका घाइतेहरुकाे जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation