![](https://pranmancha.com/wp-content/uploads/2022/09/Picsart_22-09-02_20-05-27-807.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2022/09/Picsart_22-09-02_20-05-27-807.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2022/09/Picsart_22-09-02_20-05-27-807.jpg)
सल्यान – सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।