सवारी दुर्घटना न्युनीकरण अभियानमा नेकपा सल्यान

सल्यान १२ असाेज : नेपाल कम्युनिस्ट  पार्टी सल्यान जिल्ला समितीकाे आयाेजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यलय श्रीनगरकाे सहकार्यमा सवारी दुर्घटना न्युनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सल्यान श्रीनगर बजारको माथिल्लो काउन्टर नजिक सम्पन्न भएको छ। सामाजिक सशक्तीकरण र जनचेतनाका लागि अभियान थालेको नेपाल कम्युनिस्ट पार्टी सल्यानले विगतदेखी दुर्घटना न्युनिकरणकाे विषयमा जनचेतनामूलक कार्यक्रम गर्दै आएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पाख्रेलले यहि असाेज १० गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला समितीकाे बैठकले चाडपर्वमा गाडी दुर्घटनाहरु धेरै हुने हुँदा , विगतमा ठुला दुर्घटनाहरु पनि सल्यानमा भएकोले   दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको जनाउनुभयाे । उहाँले कपुरकाेटमा भएको गाडी दुर्घटना दुखद भएको र साे दुर्घटनामा अकाल मृत्यवरण गरेका सम्पूर्ण मृतकहरुप्रती श्रद्धाञ्जली तथा दु:ख व्यक्त गर्दै सबैलाई सचेत सजग रहन अपिल गर्नुभएको छ ।

दुर्घटना न्युनिकरण कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय सल्यानका प्रमुख शरद चाैधरीले चाडपर्वमा हुने दुर्घटना निराकरण गर्ने सबै क्षेत्रकाे पहल र सचेतना महत्त्वपूर्ण रहने बताउनुभएको छ । इलाका प्रहरी कार्यलय श्रीनगरका प्रमुख याम बहादुर बस्नेतले दुर्घटना न्युनिकरण र निगरानीकाे लागि नेपाल प्रहरीले भुमिका निर्वाह गरिरहेकाे र यसमा सबैको सहयोग हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी मदन चन्दले पटकपटक हुने गाडी दुर्घटना र अझ विषेश गरि चाडपर्वमा हुने सवारी दुर्घटनाप्रति सजग र सचेत रहन अपिल गर्दै अस्तव्यस्त सडक, क्षमता भन्दा बढी यात्रु चाप, मापदण्ड विपरीत का सवारीसाधन, ट्राफिक नियम उलंघन र चालकको लापरबाहीकाे कारण पनि दुर्घटनाहरु भइरहेका र सडकको अवस्था सुधार्न राज्य जिम्मेवार नबनेको बताउनुभयो । उनलेे जनताको जनजीविका निम्ति पार्टी सधैं जनताको विचमा संघर्षमा रहेको तथा राज्य व्यवस्था र जनताको जीवनमा आएकाे संकटकाे निकास वैज्ञानिक समाजवाद भएको बताउनुभयाे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा कपुरकाेट दुर्घटनामा मृतकहरुप्रती शाेक वक्तव्य बाचन गरि दु:ख व्यक्त गरिएको छ । कार्यक्रमकाे सहजीकरण युवा संगठन सल्यानका अध्यक्ष प्रकाश गिरीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation