अग्नि पीडित एभरेष्टकाे परिवारलाई राहत वितरण

मंसिर १० गते शनिबार राेल्पाकाे थवााङ २ मा अवस्थित शंकर झाक्री मगरकाेे घरमा आगलागी हुँदा त्रिकाेणात्मक चारतले ठूलाे घर जलेर नष्ट भयाे । झन्डै १ कराेड ६० लाखकाे धनमाल र खाद्यान्न जलेर विपत्तीमा परेकाे पीडित परिवारलाई त्यहाँका स्थानीय र विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकहरुलाई सहयाेगकाे लागि अपील गरिएकाे छ । हिजाे (आइतबार) नेकपा थवाङकाे नेतृत्वमा थवाङमा स्थापित विपत व्यवस्थापन काेषबाट करिब ११ हजार बराबरकाे खाद्यान्न, भाँडाकुडा र त्रिपाल वितरण गरिएकाे छ । नेकपा थवाङले तत्कालिन काेराेना महामारीकाे समयमा काेभिड प्रभावितहरुका लागि निशुल्क आवाशसहितकाे स्वास्थ्य शिविर संचालन गर्दा बचेकाे नगद काेषबाट सामान किनेर वितरण गरिएकाे युवा नेता एवं समाजसेवी अमित बुढाले जानकारी दिए । स्वदेश र प्रवासीहरु सबैबाट रकम संकलन गरि पीडीलाई एकमुष्क हस्तान्तरण गरिने   अमितले बताएका छन् ।

हरेक विपत्ती र मेला पर्वका विभिन्न अवसरहरुमा विगतदेखि सहयाेग गर्दै आइरहेका मनकारी स्थानीय तथा प्रवासमा रहेकाे नेपालीहरुबाट घटना भएकाे २४ घटा नबित्दै रु १ लाख त्रीपन्न हजार एक सय उनसत्तरी रुपैयाँ जम्मा भइसकेकाे अमित बुढाले जानकारी दिएका छन् । थबाङ गा पा-२ काेइजबाङ राेल्पाका शंकर झाँक्री (एभरेष्ट) जनयुद्धकालका पुराना स्थापित नेता हुन् भने उनले प्यूठान जिल्लामा रहेर पनि १० वर्ष लामाे समय संगठनकाे काम गरेका थिए । शान्ति प्रक्रियापछि व्यवसायमा जाेडिएका झाँक्रिका दुई भाई मिलेर १० वर्ष अगाडि चार तले घरकाे निर्माण गरिएकाे र उक्त घर थवाङभरिकाे ठुलाे घर पनि रहेकाे नेकपाका नेता एवं समाजसेवी अजय घर्तीले बताए । उनका अनुसार आजभाेली त्याे प्रकारकाे घर निर्माण गर्न साढे एक कराेड लाग्ने जिकिर गरे ।

चारतले घर पूर्ण रुपमा नष्ट भएपछि परिवार आफन्तकाे शरणमा बसेका छन् । झाँक्रीकाे याे बिपत्तिमा युवा समाजसेवि अगुवा श्री बिपिन झाँकृकाे नेतृत्वमा निम्न व्यक्तिहरुले आर्थिक सहयाेग गरेका छन् ।

यस्ताे छ सहयाेगिकाे विवरण:
बिपिन झाक्री मगर १ हजार साउदी रियाल
हरिचन्द्र झाक्री मगर १ हजार साउदी रियाल
प्रथमान पुन गुनाम ५ सय साउदी रियाल
जयान्द्र रोका फुलि ५ सय साउदी रियाल
नवीन रोका मगर २ सय साउदी रियाल
धन झाक्री मगर २ सय साउदी रियाल
बिरबहादुर बुदा दहबाङ १ सय साउदी रियाल
विशाल रोका मगर १ सय साउदी रियाल
सिरबस झाक्री मगरएक १ साउदी रियाल
प्रेम घर्ती मगर १ सय साउदी रियाल
जोर्धन बिक १ सय साउदी रियाल
शक्ति रोका मगर १ सय साउदी रियाल
अर्थ रोका मगर १ सय साउदी रियाल
पूर्ण रोका मगर माघेखर्ख १ सय साउदी रियाल
वसन्त घर्ती मगर पुर्बी रुकुम लुकुम १ सय साउदी रियाल
अभिक पुन मगर पुर्बी रुकुम लुकुम १ सय साउदी रियाल
दिनेश द्राइभर १ भारु

साउदी रियाल जम्मा ४ हजार पाँच सय
नेपाली रुपायाँ जम्मा एक लाख ५३ हजार १ सय उन्सत्तरी (१५३१६९)
बिहानसम्म जम्मा भएकाे थप १० हजार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation