विद्यालय व्यवस्थापन समितिद्वारा प्रअमाथि हातपात

प्यूठानकाे गौमुखी गाउँपालिका ४ पुजास्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण पुरी तथा त्यहाँ कार्यरत स्टाफहरुमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम केसीसहितको समुहले अभद्र व्यवहार गर्दै हातपात गरेको छ । कक्षा १० को फर्म भर्नको लागि फोटो निकाल्न विद्यालय बाहिर निस्केका विद्यार्थीको विषयलाई उचालेर विद्यालय व्यवस्थापन समितिका सदस्य माेहन बहादुर केसीले अनाहकमा आक्रमण गरेको विद्यालयका शिक्षक कवि केसीले बताए ।

विद्यालयका प्रधानाध्यापक रामकृष्ण पुरीले आफुमाथि भएकाे भाैतिक आक्रमणले विद्यालय क्षेत्र नै असुरक्षित भएकाेले दाेसिउपर कडा कारबाही हनुपर्ने जिकिर गरे । प्राणमञ्चसँगकाे कुराकानीमा उनले भने ´लेखा कक्षमा बसेर लेखापाल र मैले विद्यार्थीकाे फर्म रुजु गरिरहेका थियाैँ, अकस्मात अध्यक्ष र सदस्यज्युहरुकाे आगमन भयाे र विद्यार्थीलाई किन बाहिर छाडा छाेडेकाे भन्दै आवेशमा आउँदै टेबुल ठाेक्ने र गालिगलाैजसहित हातपात गरियाे । तर विद्यार्थीलाई हामीले नै फाेटाे लिन नजिकैकाे फाेटाे स्टुडियाेमा पठाएका थियाैँ ।` विद्यालय व्यवस्थापन समितिबाटै भएकाे अन्यायपूर्ण आक्रमणले ठुलाे भय सिर्जना भएकाेले गाैमुखी गाउँपालिका, जिल्ला शिक्षा विकास समन्वय इकाई तथा नेपाल शिक्षक महासंघमा कारबाहिकाे लागि निवेदन दिइएकाे पनि उनले बताए ।

उता विद्यालयकाे प्रअमाथि गरिएकाे आक्रमणप्रति नेपाल शिक्षक महासंघ गाैमुखीले गम्भीर आपत्ति जनाउदै कारबाहिकाे माग गरेकाे छ । अध्यक्ष युग बहादुर केसी र सचिव उपेन्द्र प्रसाद न्याैपानेकाे संयुक्त हस्ताक्षरित विज्ञप्तीमा प्रअ रामकृष्ण पुरीमाथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम केसी र सदस्य माेहनबहादुर केसीद्वारा गरिएकाे अभद्र व्यवहार तथा हातपातप्रति घाेर भ्रत्सना गर्दै प्राज्ञिक थलाेमाथिकाे साे आक्रमणले विद्यालयहरु नै सुरक्षित भएकाेले सराेकारवाला सबैकाे ध्यानाकर्षण भई निजहरुमाथि कानुनी कारबाही गर्न तथा विद्यालयकाे वातावरण सहज बनाउन माग गरिएकाे छ । यदि दाेषिउपर कानुनबमाेजिम कारबाहि नभए शिक्षक महासंघ चरणबद्ध संघर्षमा उत्रने विज्ञप्तीमा चेतावनी गरिएकाे छ ।

विद्यालय व्यवस्थापन समितिको भेला बोलाइएको र विद्यालयमा चाँहि त्यो खालको तयारी नगरेर उल्टै भेला स्थिगित गरिएकाे विषयमा आफुहरु आक्राेसित भएकाे वि.व्य. स. अध्यक्षले स्विकारेका छन् । प्राणमञ्चसँगकाे कुराकानीमा उनले विद्यालय बर्षाैँदेखि अस्तव्यस्त भएकाे विषयले आफुलाई चिन्तित बनाएकाेले अफिसमा चर्काचर्कि भएकाे र सदस्य माेहनबहादुर केसीले हेडसरलाई समातेर बाहिर लगेकाे बताउँदै साे हुनुमा आफू पनि दुखि भएकाे बताए । उनले आइन्दा यस्ताखाले हर्कत नदाेरिने दाबी पनि गरे ।

शिक्षकमाथि हुने भाैतिक, नैतिक दबाब तथा प्रभावले शैक्षिक जगत बिथाेलिने एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष जायस्वर जैसीले बताए । उता शिक्षक महासंघका जिल्ला अध्यक्ष सेरहादुर थापाले महेन्द्र माविका प्रधानाध्यापक माथि भएकाे भाैतिक आक्रमणकाे विषयले नेपाल शिक्षक महासंघ थप चिन्तित भएकाे बताउँदै दाेसिउपर कडा कार्बाहिकाे निम्ति काउन्सिलिङ गरिने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation