विपन्नहरुकाे सहयात्री बन्दै प्रमाेद पाेख्रेल

 

काेराेना कहर हाेस् वा अन्य भइपरि आउने घटना, विपन्न परिवारमा परेकाे बिरामी हाेस् वा दुर्घटनाजन्य मुद्दा मामिला उनी पछिल्लो समय हरेक जनका समस्याहरुलाई नजिकैबाट नियाल्ने, समाधान गर्नेसम्मकाे सहयात्री बनिरहेका छन् । हाल झिमरुक गाउँपालीकाकाे उपाध्यक्ष रहेका प्रमाेद दिनदुखीमा स-साना तर जटिल समस्यालाई सहयाेग गर्न पाउँदा निकै खुसी र फुर्तिला देखिन्छन् ।
यसैकाे निरन्तरता स्वरुप उनले मंगलबार परेकाे आफ्नो जन्म दिनकाे अवसर पारि विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेका छन् । प्यूठानको झिमरुक गाउँपालिका ६ मर्कावाङका पाँच घरधुरीलाई उनले प्रति परिवारलाई करिब ५ हजारकाे खाद्यान्न हस्तान्तरण गरेका हुन् । सहयाेग पाउनेहरु चुमा पुन, माया पुन, दुजमान पुन, धना पुन र दिलमाया पुनकाे परिवार रहेकाे प्रमाेद पाेख्रेलले बताए । प्रति परिवारलाई उनले एक बाेरा चामल, तेल, दाल, नुन लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।

चालिस (४०) वर्ष पुगेर एक्चालिस (४१) टेकेका पाेख्रेलले झिमरुकवासी तथा जिल्लावासीका सबैखाले समस्या समाधन र सहयाेगमा आफु निरन्तर लागिरहने पनि प्रतिबद्धता व्यक्त गरे । उनले जन्मदिन वा अन्य कर्मकाण्डी काममा अनावश्यक फजुल खर्च गर्नुभन्दा गरिब दुखीकाे उद्दार तथा अन्य सामाजिक कार्यमा सबै तह र तप्काबाट खर्च गर्ने बानीकाे विकास गर्न जरुरी भएको पनि बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 Pranmancha All right reserved Site By : Himal Creation