रमना पाठशालाकाे नयाँ नेतृत्वकाे उदघाेष: अब्बल विद्यालय बनाउनेछाैँ

निजी शिक्षण संस्थामा शैक्षिक प्रमाणपत्रको तिव्रत्तर प्रतिस्पर्धा चलिरहेको हुन्छ । यस्तै प्रतिस्पर्धाकाे नवउदयीमान नाम हाे रमना पाठशाला । अनुशासन र नैतिकताकाे केही हदसम्म सिकाई गराउन खाेज्ने दाङको घोराही उपमहानगरपालिका–१२ रमना गाउँमा रहेको रमना पाठशालाले पहिलो अधिवेशन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको अधिवेशनले पाठशाला संचालक समिति अध्यक्ष तथा प्रिन्सिपलको जिम्मेवारी हेरफेर गरेको छ ।

अधिवेशनले बलबहादुर बुढालाई पाठशालाको अध्यक्षको जिम्मेवारी दिएको छ भने प्रिसिपलमा विष्णु हमाललाई नियुक्त गरेको छ । हमालले लामो समयदेखि नेपालकाे मुख्य पर्यटकीय नगरी पाेखरामा करिब एक दशक लामाे समयसम्म विद्यालय संचालन गरेका थिए भने देशका अन्य विभिन्न ठाउँमा अध्यापन गाराउँदै आएका थिए ।

यस्तै अधिवेशलनले पाठशालालाई नयाँ व्यवस्थापनका साथ अगाडि अगाडि बड्ने निर्णय गर्दै विभिन्न व्यक्तिलाई नयाँ विभागीय जिम्मेवारीसमेत तोकेको छ । हाेटल माला इनमा सम्पन्न भएको अधिवेशनले आर्थिक व्यवस्थापन प्रमुखको जिम्मेवारीमा जि–वन मल्टिप्रपोज प्रालिका संचालक गोपी थापालाई दिएको
पाठशालाका बोर्ड सदस्य श्रीधरकुमार राजभण्डारीले बताए ।

विद्यालयकाे समग्र भाैतिक अवस्थालाई ध्यानमा राखि नयाँ ढंगले अघि बढ्ने र नमुना विद्यालय निर्माणमा लाग्ने नवनिर्वाचित अध्यक्ष बलबहादुर बुढाले बताए । त्यस्तै शैक्षिक गुणस्तरलाई नयाँ व्यवस्थापनका साथ थप उचाईमा लैजाने निवर्तमान डाइरेक्टर म्यानेजर समेत रहेका नवनियुक्त प्रधानाध्यापक प्रेम हमालले प्राणमञ्चसँगकाे कुराकानीमा बताए ।

यस्तै शैक्षिक निर्देशकमा कृष्णदेव थापा, जनसम्पर्क प्रमुखमा निराजन भण्डारी, स्वास्थ्य विभागका लागि टीकाराम खड्का र सपना बुढालाई जिम्मेवारी दिएको छ । थापा गुरुकुल एकेडेमीमा समेत अध्यापन गर्दै आएका छन् भने भण्डारी लोट्स ट्रेनिङ सेन्टरका संचालक हुन । खड्का गोर्खा हस्पिटलमा लामो समय काम गरेका चिकित्सक हुनुहुन्छ ।

रमना गाउँबाट घोराही बजारमा पढ्न आउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै २०७७ सालमा रमना पाठशाला स्थापना भएको थियो । पाठशाला स्थापना भएको तीन वर्षमै अहिले पाठमाशालामा कक्षा ९ सम्म अध्यापन भइरहेको छ । कक्षा १२ सम्म कक्षा सञ्चालन गर्ने उदेश्यका साथ गुणस्तरीय शिक्षामा जोड दिँदै पाठशालाई थप नमुना बनाउने गरी काम भइरहेको पाठशालाका बोर्ड सदस्य भण्डारी बताउनुहुन्छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation