जनताले सुुन्ने, बुुझ्ने र महसुुस गर्नेगरी ऐतिहासिक काम गर्नेछुुः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अवस्था फेर्ने संकल्प गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पटकपटक सरकारहरू फेरिँदा पनि जनताको अवस्था जहाँको तहीँ रहेको भन्दै त्यस्तो अवस्था फेर्ने संकल्प गरेका हुन् ।

‘मैले सचिवज्यूहरूलाई सोधेँ, राहदानी लिन घन्टाैँ लाइन किन लाग्नुपरेको छ ? सवारीसाधनको लाइसेन्स लिन किन वर्षौँ कुर्नुपरेको छ ? अस्पतालमा सामान्य शल्यक्रिया गर्न पनि किन तीन, चार महिना कुर्नुपर्ने अवस्था छ ? अस्पतालहरूमा नाम लेखाउनसमेत लाइन बस्नुपर्ने अवस्था किन अन्त्य भइरहेको छैन ?’ उनले भने, ‘मैले सचिवज्यूहरूलाई निर्देशन दिएको छु, नीतिगत असहजताहरू अन्त्य गर्ने जिम्मा मेरो भयो, तपाईंहरू परिणाम दिनुस् ।’

उनले यो सरकार देखिने, सुनिने र जनताले अनुभूत गर्ने सेवक बन्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 Pranmancha All right reserved Site By : Himal Creation