प्यूठानमा चाेरी कार्यमा संगलग्न दुई जना पक्राउ

पछिल्लो समय जिल्लाका विभिन्न गाउँहरुमा चाेरीजन्य क्रियाकलापले जिल्लाबासीहरु आतंकीत छन् । प्यूठानको ठुलावेशी, नाैबहिनीकाे एकराते, स्वर्गद्वारीका कैयौं स्थानीयका घर, पसल तथा विद्यालय ताेडफाेड गरि लाखाैँकाे धनमाल लुटिएको छ । यसरी ठुलाे परिमाणमा चाेरीजन्य अपराधमा संगलग्नहरुकाे खास पहिचान नहुँदा स्थानीयबासी त्रसित अवस्थामा छन् ।

चाेरीकाे आशंकामा झिमरुक गाउँपालिका ४ तुसारपानीका ३४ वर्षीय बिष्णु पाेख्रेललाई माघ १२ गते पक्राउ गरि एक हप्ताकाे म्याद थप गरि अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । निज पाेख्रेलले चाेरी कार्यमा सहभागी रहेकाे स्विकारिनसकेकाेले थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

यसै सिलसिलामा स्वर्गद्वारी नगरपालिका वार्ड नं ५ सारी बस्ने राज बहादुर खत्रीको घरमा कोही मान्छे नभएको मौका छोपी ढोका फोरेर चोरी गर्ने एक बालकलाई पक्राउ गरिएको छ।

निज बालकले पटकपटक खत्रीको घरबाट नगद रु एक लाख पैतीस हजार (१,३५,०००) चोरी गरेको अनुसन्धानबाट खुलेको छ। आइतबार पक्राउ गरिएको साे व्यक्ति चाेरी कार्यमा पटकपटक संगलग्न भइरहेकाे र गत वर्ष पनि कारबाही भाेगकाे व्यवसायीक रुपमा चाेरी गर्ने अपराधी भएता पनि नाबालक भएकाेले निजकाे खास नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुवास खड्काले बताए ।

चोरीको घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न चोरी गर्ने ति बालकलाई आइतबार नियन्त्रणमा लिई साेमबार प्यूठान जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय प्यूठानले जानकारी दिएको छ।

प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । चाेरी गर्ने समुहको खोजी कार्य भइहेपनि अहिलेसम्म चोरी गर्ने समूह/ब्यक्ति पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

 

जिल्लामा चाेरीजन्य घटना छिटपुट देखिनु दुखद भएकाे र निजहरुलाई तिव्रत्तर रुपमा खाेजि कार्य जारी राखिएकाे र जिल्लामा अनावश्यक हाेहल्ला र अफवाहजन्य हर्कत पनि बढिरहेकाेले अनिवार्य काम विशेषले स्थथानीय रातकाे समयमा हिडडुल गर्न गार्‍हो भइरहेकाे डीएसपी सुवास खड्काले बताए । उनले समाजमा अनावश्यक हाेहल्ला फैलाएर त्रास मच्चचाउनेहरुलाई पनि कारबाहीको दायरामा ल्याइने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation