घरेलुकाे ३५ दिने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम

घरेलु तथा साना उद्योग कार्यालय दाङले सर्वसाधारणलाई उद्यममा जाेड्ने तथा उद्यमीहरुलाई थप उर्जा र हाैसला प्रदान गर्ने कार्य जारी राखेकाे छ । मुडा बुन्ने, सिलाइकाटाई, हाउस वायरिङ, हेयर कटिङ लगायतका सीप विकास सम्बन्धि उत्प्रेरणामुलक तालिम पदान गरिरहेकाे साे कार्यालयले साेमबार ३५ दिने “ब्युटिसियन” तालिमकाे समापन गरेकाे छ ।

२१ जना महिला सहभागी रहेकाे उक्त तालिमले निजहरुकाे सीप विकास र ब्युटी पार्लर व्यवसायमार्फल आर्थिक जीवनस्तर वृद्धिमा टेवा पुग्ने कार्यालय प्रमुख लालबहादुर गुरुङले बताए ।

सीप विकास र उद्यमशीलतामा जाेड्ने प्रयाेजनले प्रदेश सरकारबाट विनियोजित झण्डै तीन लाख रकम खर्च गरी साे कार्यक्रम गरिएको र सहभागी प्रत्येक महिलालाई १४ हजार बढि रकमकाे ब्युटी पार्लर सञ्चालन सम्बन्धित प्राविधिक सामाग्री समेत वितरण गरिएको कार्यालयका सुचना अधिकारी मिनराज पाण्डेले बताए ।

३५ दिने तालिमले सहभागी उत्साहित भएकोले सबैले पेशामा लाग्ने प्रतिबद्धता जनाएको र साेहिबमाेजिम केही समयपछि अनुगमन पनि गरिने तालिमकाे सहजकर्ता इश्वरी पाैडेलले बताइन् ।

३५ दिनसम्म प्रशिक्षक ब्यूटिसियन मुना पाण्डे र माया रावतले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation