बेसहाराकाे सहारा बन्दै साइन रेसुङगा बैंक

 

विकास बैंकहरुकाे सुचिमा सिङ्गो नेपालसहित खासगरी साविकका पश्चिमाञ्चल तथा मध्यपश्चिम क्षेत्रमा कहलिएकाे नाम हाे साइन रेसुङ्गा विकास बैंक । स्थापनाकाे छाेटाे अवधिमा वित्तीय बजारमा राम्रो पहिचान बनाउन सफल यस बैंकले आफ्नाे स्थापनाकाे १५ अाैँ वार्षिकोत्सबकाे अवसरमा यसपालि पनि मानवीय सहयाेग गर्ने प्रयत्न गर्‍याे ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १५ औं बार्षिकोत्सबको उपलक्ष्यमा दाङ् कलस्टरको तर्फबाट मानव सेवामा समर्पित घोराही उपमहानगरपालिका १० स्थित मानव कल्याण समाज (नारायणपुर) दाङ्लाई विभिन्न अत्यावश्यक उपभोग्य सामाग्री हस्तान्तरण गरिएकाे हाे।

खाद्यान्न सहयाेग सामाग्री चामल, तेल, नुन, दाल, डस्टविन तथा डस्टप्यान, कुचाे, बिस्कुट लगायतका रु ३० हजार रकम बराबरकाे रहेकाे छ ।

शुक्रबार एक कार्यक्रममार्फत करिब ३० हजार रकमकाे अत्यावश्यक खाद्यान्न सामाग्री प्रदान गरिएको साइन रेसुङगा डेभलपमेन्ट बैंक दाङका कलस्टर प्रमुख मेघराज पाेख्रेलले बताए । समाजमा पछाडि परेका उत्पीडित तथा सहाराविहिनहरुकाे लागि वास्तविक सहयाेग हुने तथा बैंकले समाजकाे विकास, उत्थान र कल्याणकाे लागि पहलकदमी लिनुपर्ने संस्थागत दायित्व अन्तरगत साे सहयाेग गरिएकाे उनले बताए ।

कार्यक्रममा बाेल्दै मेघराजले भने “वास्तवमा सहयाेग गर्नुपर्ने निकाय नै यही हाे, जहाँ ३३ जना बेसहाराहरुलाई काठमाडौंबाट आएर यहाँ मानवीय मनका धनाड्य अभियान्ताहरुले मानव सेवा गरिरहनुभएकाे छ, वृद्धवृद्धा, वाैद्विक अपांग तथा अनाथ बालबालिकाकाे दिसापिसाब स्याहार्नेदेखि खुवाउने, चुठाउने, हिँडाउने, डुलाउने र अाैसधि उपचार गर्ने तथा पारिवारिक पूनर्मिलन गराउनेसम्मकाे कठिन कार्यमा दत्तचित्त भएर लागिरहनुभएकाे छ ।” उनले जन्मदिन, बिबाह पार्टी लगायतका अनावश्यक फजुल खर्च गर्नुकाे सट्टा यस्ताखाले मानवीय कार्यमा लगानी गर्नुपर्ने सुझाब पनि राखे ।

नारायपूर शाखाका शाखा प्रमुख बिमल भुषालले मानवीय सेवाकाे लागि थाेरै भएपनि सहयाेग गर्न पाउँदा अत्यन्तै खुसी लागेका बताए । त्यस्तै तुलसीपुर शाखा प्रमुख दिपेन्द्रबहादुर थापाले थाेपा थाेपा मिलेर नै सागर बन्ने भन्दै आफुहरुले याे सहयाेग गरेकाे र आगामी दिनमा पनि यस्ताखाले सहयाेगलाई निरन्तरता दिइरहने बताए ।

खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा घाेराही उपमहानगरपालिका १० नं. वडाध्यक्ष दिपक पाण्डे, तिनवटै शाखाका शाखा प्रमुख, अन्य समाजसेवी तथा पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण मानव कल्याण समाज (सेवा घर) दाङकी व्यवस्थापक सुस्मिता श्रेष्ठले गरेकि थिइन् । याे सेवा घरमा दाङ जिल्लाभरका ३३ जना असहायहरुलाई गाँस, वास र कपाससहितकाे उचित प्रबन्धकाे व्यवस्था गरिएको श्रेष्ठले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation