स्थानीय उत्पादनको विकास र प्रबद्र्धन गर्न राजेश हमालको आग्रह

घोराही, ८ फागुन

घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति राख्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा जारी प्रदर्शनीको छैठौँ  दिन महानायक राजेश हमालले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
प्रस्तुति नृत्यसँगै हमालले स्थानीय उत्पादनको प्रयोग गर्न दर्शकहरुलाई अनुरोध गर्नुभयो । उहाँले नेपाललाई आत्मनिर्भर बनाउनकालागी स्थानीय एवं स्वदेशी उद्योगबाट उत्पादन वस्तुहरुको प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गरेको यस प्रदर्शनीले स्थानीय लघु तथा घरेलु उद्योगबाट उत्पादन भएका बस्तुहरुको बजारिकरणकालागी महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताउनुभयो । साथै उहाँले नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गर्ने स्थानीय उत्पादनको बजारिकणकालागी सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युवाहरुलाई उद्योगको आवश्यकता र यसले पार्ने सकारात्मक प्रभावका विषयमा उहाँले भनाई राख्नुभएको थियो । हमालले दर्शकहरुलाई साना तथा घरेलु उद्योग स्थापना गरि रोजगारीको अवसर सिर्जना गर्न आवश्यक भएको बताउनुभयो । ‘सानो भुगोलमा पनि विविध हावापानीका कारण अनेकौ प्रकारका कृषी उत्पादन गर्न सकिने भएकाले उत्पादित वस्तुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारिकण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो– ‘स्थानीय सीप, साधन र स्रोतको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रयोग गरि देशलाई आत्मनिर्भर बनाउनुपर्ने छ ।’ हमालले स्थानीय उत्पादन प्रयोग गरि स्वास्थ समस्याबाट सुरक्षित रहन र विदेशी वस्तुको आयातलाई प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गरेर विदेशी मुद्रा आर्जन गर्न सम्पूर्ण दर्शकहरुलाई अनुरोध गर्नुभयो ।

‘उद्योगहरु भनेका राष्ट्रका जग हुन्, यीनीहरुको संरक्षण गर्न आवश्यक छ । यसले रोजगारी सिर्जना गरि विदेशी वस्तुको आयातमा कमी ल्याउछ, मैले पनि मेरो जिवनमा सबैभन्दा महत्व दिने भनेको स्थानीय वस्तुको उत्पादन नै हो ।’ हमालले भन्नुभयो– ‘व्यापार भन्दा उद्योगलाई प्रवद्र्धन गर्न र युवा जनशक्तीलाई विदेश जानबाट रोक्न आफ्नै देशमा उद्योग स्थापना गरौ, राष्ट्रको आर्थिक जग बलियो बनाउ ।’

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको छैठौ दिन प्रदर्शनीमा दिन ८ हजार बढि दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

सोमवार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालसँगै जानकी तारमी मगर, सुप्रीम मल्ल, पिताम्बर रिजाल, आरुषी मगर, माधव जोन क्षेत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो ।

मंगलवारका कलाकारहरु

प्रदर्शनीमा नेपाली संगीत क्षेत्रका कलाकारहरु खेम सेञ्चुरी, रितु कडेल, आशा बि.क, सरद समीप, राजेन्द्र चौधरी लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृति उपसमितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation