दलित जागरण अभियानकाे कर्णाली प्रदेश संयाेजकमा गाेबिन्द

पुस्कर पन्त सुनार

“अरुका लागी प्रयोग भयौं पटक – पटक ”
“आफ्ना लागी उठौं एकपटक” भन्ने मुल नाराका साथ अधिकारका लागि दलित जागरण अभियानको, कर्णाली प्रदेश स्तरीय प्रथम भेला १३ गते शनिबार सुर्खेतमा सम्पन्न भएको छ।

जातिय छुवाछुत दण्डनीय हुनेछ भनि २०२० सालमा संवैधानिक व्ययवस्था गरिएको थियाे । यद्यपि २०८० सम्म पुग्दासम्म पनि जातीय छुवाछुत जस्ताे अमानवीय कार्य ज्युका त्यु जारी नै छ  ।

जातिय विभेद गैरकानुनी हाे र साे अमानवीय अपराध गर्नहुन्न र यदि जातकै आधारमा विभेद गरेको पाइएमा कानुन बमोजिम सजाय हुन्छ भन्ने कानुनी व्यवस्था गरिएको ६० वर्ष पुग्नै लाग्दा पनि साे विभेद रहिरहनु निकै दुखद पक्ष भएको सराेकारवालाहरु बताउँछन् ।

हालसम्म जातिय बिभेदकै कारण नेपालमा २ दर्जन बढिले ज्यान गुमाउन परेको छ भने जातिय छुवाछूतकाे जाँताेले प्राणपखेरु उडेका अजित मिजार तथा कुमार सदाकाे लास अहिले पनि अस्पतालमा सडिरहेका छन् ।

कयौं विभेदका घटनाहरुमा अप्रिय न्याय निरुपण भएको, समाजिक संजालमा दलित समुदायमाथि चरम विभेद हुने अभिव्यक्ति प्रस्तुत भइरहेको र राज्यद्वारा नै दलित समुदायविहिन सरकार गठन जस्ता क्रियाकलापहरु संचालन गरेको हुँदा उक्त जातिय विभेदको चंगुलबाट दलित समुदायलाई माथि उठाउन तथा राज्यका कानून कार्यन्वयन निकायलाई प्रभावकारी बनाउन गठित अधिकारका लागी दलित जागरण अभियानको कर्णाली प्रदेश स्तरीय भेला संचालन गरिएको थियो।

उक्त भेलाले दलित मुक्ति आन्दोलनको  कार्यदिशालाई उचाइ दिनको लागी गाेबिन्द विश्वकर्माकाे संयाेजकत्वमा  प्रदेश स्तरिय कार्यसमिति निर्माण गरेकाे छ । जसकाे सह- संयोजकमा सुनिता नेपाली (बादी) रहेकी छन् भने प्रवक्तामा रनसिं सार्की (कालिकोट) रहेकाे ६५ सदस्यीय कार्यसमितिकाे संरचना निर्माण गरेकाे हाे ।

अब कर्णाली प्रदेशका १० जिल्लाबाट ४/४ जना सदस्य गरी ४० जना सदस्यीय र थप २५ जना प्रदेश सदस्य थपी , प्रथम बैटकबाट ११ सचिवालय सदस्य मनोनित गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation