Pranmancha

Advertisment

SKIP THIS

तुलसीपुरबाट सडक आश्रित मानवको उद्धार

तुलसीपुर, १४ फागुन ।

तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने सात जना सडक आश्रित मानवलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो ।

दिउँसोको समयमा खोज्न गारो हुने भएकोले राती सुतेको अवस्थामा उदार गर्न सजिलो हुने भएकोले गएराती ८ बजेपछि सडक पेटीबाट सडक आश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले जानकारी दिनुभयो ।

मेची घर बताउने सन्तोष कुमार बुढाथोकीलाई तुलसीपुर–५ बसपार्कको पिपलबोट मुनि सुतिरहेको अवस्थामा उद्वार गरिएको हो । बुढाथोकीले आफ्नो परिवारमा आमा मात्र भएको बताएको उहाँले बताउनुभयो । यस्तै पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रय लिएका सुदन रेग्मीको उद्धार गरिएको छ ।

सडक आश्रित रेग्मीले आफ्नो श्रीमतीको मृत्यु पश्चात आफू भौतारिएर हिँडेको बताउनुयो । उहाँले एक छोरा सानो र छोरीको सल्यान बिहे भएपछी आफू कहिले कता कहिले कता दिन बिताउँदै आएको बताउनुभयो

यस्तै ओम प्रकाश नाम बताउने व्यक्तिलाई घोराही रोडबाट उद्वार गरिएको छ । उहाँले बोकेको झोलामा औषधि छन् भने सुत्नको लागि बोकेको लत्ता कपडा पनि छन् ।

मानव सेवा आश्रममा जान नमानेका प्रकाशको अबस्था बुझ्दा धेरै महिनाबाट सडकमा बसेको बुझिएको छ । यस्तै घोराही रोडको सडक पेटीमा रात बिताउने अर्का एक पुरुष भने बोल्न सक्दैनन् । इसाराले नाम बताउने उनले आफू सडकमा खुसी साथ बसेको अभिव्यक्ति दिए ।

यस्तै तुलसीपुर–१७ मानपुर घर बताउने गोपाल जिएमलाई घोराहीरोडबाट उद्धार गरिएको छ । यस्तै तुलसीपुर–१० घर बताउने देवी खरेल र कोहलपुर घर बताउने प्रकाश थारुलाई यातायात कार्यलय नजिकैबाट उद्धार गरिएको छ

आश्रम प्रमुख जोशीसहित तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकाश शाखा प्रमुख माया श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, महिला अधिकारकर्मी शुष्मा गिरी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थ भुषाल र पत्रकारको सहभागीतामा सडक आश्रित मानवको उद्धार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation