प्यूठानका खेलाडी प्रतिश नेपाली क्रीकेट टोलिमा डेब्यु

प्यूठानका प्रतिश जि.सीले आइसिसी विश्वकप लिग – २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका छन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई डेब्यू क्याप दिएका हुन् ।
प्रतिशले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । नेपाल टि२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिश बायाँ हाते बलर हुन् । प्रतिशले नेपालको यू१९ र यू१६ टोलीबाट खेलि सकेका छन् । प्रतिश पावर प्ले र डेथ ओभर दुबैमा उत्कृष्ट बलिङ गर्दछन् ।
प्रतिश नेपालबाट ओडिआईमा डेब्यू गर्ने ३७ औं खेलाडी हुन् । प्रतिश यस वैकल्पिक खेलाडीको सूचिमा थिए । पछिल्ला दुई सिरिजमा लगातार उनी वैकिल्पक सूचिमा थिए । प्यूठानमा जन्मिएका प्रतिशले घरेलु क्रिकेट भने काठमाडौंबाट खेल्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation