प्यूठानमा राष्ट्रपति रनिङ शिल्ड शुरु

प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी  प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले खेलमा  राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन् । साथै उनले जिल्लाको समग्र विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताईन् ।

प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहको उपस्थीत रहेको छ । तिनदिन सम्म चल्ने खेल विभिन्न विधामा संचालन हुने आयोजकले जनाएको छ । भलिबल, कब्बडी, रिले दौड, दौड मार्सल आर्टस, एथलेटिक्स, लगाएत विविध प्रतियोगिताहरु हुदैछन् ।खेलमा प्रत्येक पालिकाबाट ६०/६० जना खेलाडीहरुको सहभागीता रहेको जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष बिमल प्रसाद पोख्रेलले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गणतान्त्रिक खेल मैदान विजुवारमा खेल सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation